News Category 2079/01/28
मनिषाको रहस्यमय मृत्यु, माइती पक्षद्वारा हत्या भएको दाबी
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ निवासी १९ वर्षिया मनिषा कुमारी साह बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आई आत्महत्या गरेको बताएपनि माइती पक्षले हत्या भएको दाबी गरेका छन् । मृतक मनिषाको दुई महिनाको बच्चा पनि छ ।
माइती पक्षले घटना सुनियोजित भएको भन्दै उच्चस्तरिय छानबिनको माग समेत गरेका छन् । बुधबार नै माइती पक्षले मृतक मनिषाका पति २३ वर्षिय विकास पण्डित, ५२ वर्षिया सासु ललितादेवी पण्डित र ५४ वर्षिय ससुरा हरिदेव पण्डित बिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिँदै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गरेका छन् ।
मृतककी आमा ललितादेवी साहले घटनास्थलको अवस्था र छोरी मनिषाको शरीरको विभिन्न भागमा देखिएको चोटपटकको निसानले त्यो आत्महत्या नभई हत्या भएको दाबी गरिन् ।
सप्तरीको रुपनी गाउँपालिका ३ माइती भएकी मनिषाको दुई वर्षअघि विकास पण्डितसँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए ।
मनिषाकी आमा ललिताले उक्त प्रेम विवाहबाट विकासका अभिभावक असन्तुष्ट रहेको तथा पटक पटक छोरीलाई शारीरिक र मानसिक यातना दिन थालिएको बताउँदै पछिल्लो दुई महिना यता छोरीसँग फोनमा समेत कुराकानी गर्न नदिइएको ससुराली पक्षमाथी आरोप लगाइन् ।
उनले न्यायका लागि पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीसँग आग्रह समेत गरेकी छिन् । यता मृतक मनिषाका ससुरा हरिदेव पण्डितले उक्त आरोप निराधार भएको दाबी गरेका छन् ।
जिल्लाका प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले घटनाको सुक्ष्म अनुसन्धान थालिएको बताउँदै मृतकको पोष्टमार्टम प्रतिवेदन र घटनाको अन्य पाटोको भइरहेको अनुसन्धान प्रक्रिया सकिएपछि सबै सत्यतथ्य बाहिर ल्याउने जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ