News Category 2079/02/01
सप्तरीमा जसपा, काँग्रेस, लोसपा, एमाले, जनमत र नेकपा एसले वडा जिते
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
शनिबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारि रहँदा आइतबार सप्तरीमा पाँच पार्टीले खाता खोल्दै वडाहरूमा जित हासिल गरेका छन् ।
पछिल्लो प्राप्त मतपरिणामको नजिता अनुसार जनता समाजवादी पार्टी (जसपा) ३ वडा अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाली कांग्रेस २÷२ वडा अध्यक्ष, एमाले र जनमत पार्टीले १÷१ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
राजविराज नगरपालिका वडा नं. १६ मा जसपाका वडा अध्यक्ष पदमा रामएकवाल यादव ३९४ मतका साथ निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।
त्यस्तै खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल ९ मत बढी ल्याइ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मदेब साहले ३५९ मत ल्याएका छन् ।
त्यस्तै, कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा पनि प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी भएका छन् ।
त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई खाता खोलेका छन् । अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष पदका उम्मेदवार सबजुल खलिफाले ६४१ मत ल्याइ प्यानलसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० मत ल्याएका छन् ।
खडक नगरपालिका–१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन् । त्यस्तै, महादेवा गाउँपालिका वडा नम्वर १ मा पनि लोसपाका उम्मेदवार जयकिशोर दासले ९३१ मत ल्याएर कार्यकालका लागि प्यानलसहित निर्वाचित भएका छन् ।
सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ । शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत ल्याई वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएका छन् ।
त्यस्तै सप्तरीको सुरूङ्गा नगरपालिका १ बाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छत्र वहादुर राउत (राजकुमार) प्यानलसहित निर्वाचित भएका छन् । राउतले ६ सय १ प्राप्त गरी निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका तेज नारायण चौधरीलाई पराजित गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ