News Category 2079/02/01
सप्तरीमा जसपा ७, काँग्रेस ४, एमाले २ तथा माओवादी, जनमत र लोसपा एक÷एक स्थानमा अगाडी
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
सप्तरीको १८ स्थानिय तह मध्ये शनिबारदेखी १६ पालिकाको मतगणना सुरु भएको छ ।
शनिबारदेखी राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननग कंकालिनी नगरपालिका, सुरुङ्गा नगरपालिका, बलान बिहुल गाउँपालिका, राजगढ गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मतगणना सुरु भएको छ ।
प्रारम्भिक नतिजामा जनता समाजवादी पार्टी ७, नेपाली काँग्रेस ४, नेकपा एमाले २ तथा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एक एक स्थानमा अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार जसपा राजविराज, बोदेबरसाइन, राजगढ, तिरहुत, तिलाठी कोइलाडी, खडक, विष्णुपुर, नेपाली काँग्रेस सुरुङ्गा, शम्भुनाथ, सप्तकोशी, कंचनरुप, नेकपा एमाले अग्निसाइर कृष्णासवरण, बलान बिहुल, जनमत हनुमाननगर कंकालिनी, माओवादी केन्द्र छिन्नमस्ता तथा लोसपा महदेवामा अग्रस्थानमा रहेको छ ।
आइतबार अबेर साँझसम्म कुनै पनि पालिकाको अन्तिम परिणाम आउन सकेको छैन् । मतगणना कार्य सुस्त गतिमा हुँदै गरेकाले अन्तिम परिणाम आउन अझै तीन÷चार दिन लाग्ने अनुमान गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकाको १÷१ मतदान केन्द्रमा विवादका कारण निर्वाचन स्थगित भएकाले पुनः निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना कार्य अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ स्थित मतदान केन्द्रमा आइतबार मतदान सम्पन्न भएको छ । सो केन्द्रमा अधिकृतमाथी हातपात तथा मतपेटिका तोडफोड भएकाले निर्वाचन स्थगित गरिएको थियो ।
यस्तै रुपनी गाउँपालिकाको वडा नं. ७ बसबिटी मतदान केन्द्रको पनि निर्वाचन स्थगित गरिएकाले मतगणना रोकिएको हो । सो केन्द्रमा शनिबार साँझ दुई पक्षबीच झडप हुन थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।
उक्त केन्द्रमा सोमबार पुनः निर्वाचन गराइने मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिएका छन् ।
जिल्लामा ८ सय ५६ पदका लागि भएको निर्वाचनमा कुल ५ हजार ४ सय २४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ