News Category 2079/02/02
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा
दैनिक समाचारदाता
राजविराज २, जेठ ।
स्थानीय तह निर्वाचनका क्रममा सप्तरीका विभिन्न वडाहरुको नतिजा आउने क्रम जारि रहेको छ ।
जिल्लाका १८ स्थानीय तहमध्ये सोमबार साँझसम्म कुनै पनि पालिकाको सम्पूर्ण परिणाम आउन सकेको छैन । यद्दपी ३० वटा वडाको परिणाम आइसकेको छ ।
हालसम्म जसपा र काँग्रेसले ८÷८ वडामा जित हात पारेको छ । यस्तै एमालेका ४, लोसपाका र जनमत ३÷३ तथा नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका २÷२ जना विभिन्न पालिकाको वडा अध्यक्ष पदमा जित हात पारेका छन् ।
सप्तरीका १८ पालिकामध्ये अहिले १६ पालिकामा मतगणना कार्य भइरहेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका २ र रुपनी गाउँपालिका ७ मा निर्वाचनको क्रममा विवाद उत्पन्न भएपछि स्थगित गरिएको निर्वाचन आईतवार र सोमवार सम्पन्न भएको छ । उक्त दुवै मतदान केन्द्रको मतपेटिका ल्याउने काम सम्पन्न भई मंगलवार बिहानैदेखि उक्त पालिकाको पनि मतगणना शुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
हाल मतगणना भइरहेको १६ पालिका मध्ये नेपाली काँग्रेस र जसपा ५÷५ स्थानमा अग्रता लिएको छ । यस्तै नेकपा एमाले, लोसपा २÷२ तथा नेकपा माओवादी केन्द्र र जनमत पार्टी १÷१ स्थानमा अग्रता लिएका छन् ।
यता निर्वाचित जनप्रतिनिधिहरुले फरक फरक शैलीमा विजय जुलुस प्रदर्शन गर्न थालेका छन् । कसैले ब्याण्ड बाजा बजाएर, कसैले अविर यात्रा निकालेर त कसैले लडु बाडेर त कसैले जेसिभिमा बसेर विजयी जुलुस निकालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ