News Category 2079/02/03
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले, दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणाम सप्तरीमा आउने क्रम सुरु भएको छ । जस अन्तरगत जिल्लाको दुई पालिकाको अन्तिम नतिजा मंगलबार सार्वजनिक भएको छ ।
जसअन्तरगत जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुख तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्ष निर्वाचित भएका छन् ।
मंगलबार घोषित मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसका कृष्ण ढकाल र रिताकुमारी चौधरी क्रमश प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । ढकालले एमालेका उत्तम गौतमलाई १ हजार ५ सय २ मतले पराजित गरेका छन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याउँदा निकटत्तम प्रतिद्वन्दी गौतमले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे । गौतम निर्वतमान नगर प्रमुख हुन् ।
उपमेयरमा रिताकुमारी चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनकी प्रतिस्पर्धी एमालेकी संगीताकुमारी चौधरीले २ हजार २०० मत प्राप्त गरिन् ।
यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा अध्यक्ष पदमा एमालेका दिनानाथ चौधरी र उपाध्यक्ष पदमा काँग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छिन् । यसअघिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा बिजयी भएका पर्शुराम चौधरी यसपल्ट ९ सय ८६ मतले पराजित भएका छन् । दिनानाथले ४ हजार ८ सय ७४ मत ल्याउँदा पर्शुरामले ३ हजार ८ सय ८८ मत मात्र ल्याउन सफल भए ।
उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरीले ४ हजार २१६ मत ल्याएकी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् ।
जिल्लामा रहेका १८ मध्ये १६ पालिकाहरुमा मतगणना हुने क्रम जारि रहेको छ । मंगलबार साँझ सम्मको मतगणना अनुसार कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी र तिरहुत गाउँपालिकामा काँग्रेस अग्रस्थानमा छन् भने राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकामा जसपा अग्रस्थानमा छन् ।
यस्तै महदेवा, रुपनी, छिन्नमस्ता गाउँपालिकामा लोसपा, हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत तथा शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी अग्रस्थानमा छन् ।
यस्तै खडक नगरपालिकामा माओवादी केन्द्र तथा बलान विहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा नेकपा एमालले अग्रता लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ