News Category 2079/02/04
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार सप्तरी सदरमुकाम राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ ।
प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो । त्यस्तै लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।
राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरीले ८ सय ३६ मत, वडा नं. २ मा अरुणकुमार यादवले ६ सय ६५ मत, वडा नं. ३ मा अनिल दास (गुड्ु) ले ३ सय ३७ मत, वडा नं. ४ मा दिनेश साह कसेराले ३ सय ११ मत, वडा नं. ५ मा बन्धु दासले ३ सय ९७ मत, वडा नं. ११ मा उदित नारायण यादव तथा वडा नं. १६ मा रामएकवाल यादवले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यसैगरि वडा नं. ६ मा लोसपाका शशी चौधरी र वडा नं. १५ मा ओमनारायण साहले ४ सय ६४ मत प्राप्त गरि निर्वाचित भए ।
यस्तै वडा नं. १२ मा नेकपा एसबाट रामचन्द्र यादव, वडा नं. १३ मा राप्रपाबाट त्रिलोकीनाथ चौधरी, १४ मा नेकपा एमालेका जगदीश मण्डलले २ सय ४१ मत प्राप्त गरि बिजयी भए ।
निर्वाचित वडा अध्यक्ष मध्ये वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा न.. २ का अरुणकुमार यादव लगातार दोश्रो पटक निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ