News Category 2079/02/04
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित

दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार सप्तरी सदरमुकाम राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ ।
प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो । त्यस्तै लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।
राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरीले ८ सय ३६ मत, वडा नं. २ मा अरुणकुमार यादवले ६ सय ६५ मत, वडा नं. ३ मा अनिल दास (गुड्ु) ले ३ सय ३७ मत, वडा नं. ४ मा दिनेश साह कसेराले ३ सय ११ मत, वडा नं. ५ मा बन्धु दासले ३ सय ९७ मत, वडा नं. ११ मा उदित नारायण यादव तथा वडा नं. १६ मा रामएकवाल यादवले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यसैगरि वडा नं. ६ मा लोसपाका शशी चौधरी र वडा नं. १५ मा ओमनारायण साहले ४ सय ६४ मत प्राप्त गरि निर्वाचित भए ।
यस्तै वडा नं. १२ मा नेकपा एसबाट रामचन्द्र यादव, वडा नं. १३ मा राप्रपाबाट त्रिलोकीनाथ चौधरी, १४ मा नेकपा एमालेका जगदीश मण्डलले २ सय ४१ मत प्राप्त गरि बिजयी भए ।
निर्वाचित वडा अध्यक्ष मध्ये वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा न.. २ का अरुणकुमार यादव लगातार दोश्रो पटक निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ