News Category 2079/02/05
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३, लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ ।
प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो भने माओवादी केन्द्रले वडा नं ७, ८ र १० मा निर्वाचित भएको छ । यसैगरि लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।
राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरी, वडा नं. २ मा अरुणकुमार यादव, वडा नं. ३ मा अनिल दास (गुड्ु), वडा नं. ४ मा दिनेश साह कसेरा, वडा नं. ५ मा बन्धु दास, वडा नं. ११ मा उदित नारायण यादव तथा वडा नं. १६ मा रामएकवाल यादव निर्वाचित भएका छन् ।
यसैगरि वडा नं. ७ मा सुभासचन्द्र यादव, ८ मा जयनारायण मण्डल, वडा नं. १० मा गंगा खंग तथा वडा नं. ६ मा लोसपाका शशी चौधरी र वडा नं. १५ मा ओमनारायण साह निर्वाचित भए । यस्तै वडा नं. १२ मा नेकपा एसबाट रामचन्द्र यादव, वडा नं. १३ मा राप्रपाबाट त्रिलोकीनाथ चौधरी, वडा नं १४ मा नेकपा एमालेका जगदीश मण्डल निर्वाचित भए । बिहीबार साँझसम्म वडा नं. ९ को मतगणना जारि रहेको र उक्त मतगणनाको परिणाम अनुसार जसपाका उम्मेदवार जावहर यादव अग्रस्थानमा रहेका छन् ।
वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा नं. २ का अरुणकुमार यादव र वडा नं. ८ का जयनारायण मण्डल लगातार दोश्रो पटक निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ