News Category 2079/02/05
चार दशकपछि सप्तरीमा महिला प्रमुख पदमा निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
चार दशकपछि सप्तरीमा यस पटक स्थानिय तहमा एक महिला प्रमुख पदमा निर्वाचित भएकी छिन् ।
जिल्लाको सुरुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी गिता चौधरी उक्त पदमा निर्वाचित भएकी हुन् ।
कुल १८ स्थानीय तह रहेको सप्तरीमा नेकपा एमालेले तिलाठी कोईलाठी गाउँपालिकामा मिना कुमारी राम, जनमत पार्टीले राजविराज नगरपालिकामा ममता झा र काँग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा गिता चौधरीलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यस मध्ये विजय हासिल गर्ने गिता चौधरी एक मात्र महिला हुन् ।
विहीवार घोषित परिणाम अनुसार गिताले निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका रामनारायण चौधरीलाई ३ हजार ७५ मतको फराकिलो अन्तरले पराजित गर्दै नगर प्रमुख पदमा जित हासिल गरिन् ।
गिताले ७ हजार २ सय ९२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रामनारायणले ४ हजार २ सय १७ मत मात्र प्राप्त गरे । उप प्रमुखमा काँग्रेसकै रुद्र बहादुर कार्की निर्वाचीत भएका छन् । कार्कीले ६ हजार २ सय ७५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीकी सुनिता मुखीयाले ३ हजार ९ सय ९८ मत मात्र प्राप्त गरेकी छिन् ।
यस अघि सप्तरीमा पंचायती व्यवस्थाको समाप्तीपछि कुनै पनि स्थानीय तहमा महिला नेतृत्व थिएन । २०३६ साल पंचायतकालमा तत्कालिन पकरी गाउँपंचायतमा दुर्गा देवी थापा निविरोध प्रधान पंचमा निर्वाचित भएकी थिइन । त्यस पछि हाल सम्म कुनै पनि पालिकामा महिलाले नेतृत्वको अवसर पाएको थिएन । ३४ वर्षिया गिता विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको बताउँछिन ।
प्रजातान्त्रिक मुल्य मान्यतालाई स्थापित, नगरको सर्वागिंण विकास तथा राजनीतीमा महिला सहभागिता बढाउन आफु जनतामा गएको र जनताबाट अपार सर्मथन पाएकोमा निकै खुशी लागेको उनी बताउँछिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ