News Category 2079/02/05
चार दशकपछि सप्तरीमा महिला प्रमुख पदमा निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
चार दशकपछि सप्तरीमा यस पटक स्थानिय तहमा एक महिला प्रमुख पदमा निर्वाचित भएकी छिन् ।
जिल्लाको सुरुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी गिता चौधरी उक्त पदमा निर्वाचित भएकी हुन् ।
कुल १८ स्थानीय तह रहेको सप्तरीमा नेकपा एमालेले तिलाठी कोईलाठी गाउँपालिकामा मिना कुमारी राम, जनमत पार्टीले राजविराज नगरपालिकामा ममता झा र काँग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा गिता चौधरीलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यस मध्ये विजय हासिल गर्ने गिता चौधरी एक मात्र महिला हुन् ।
विहीवार घोषित परिणाम अनुसार गिताले निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका रामनारायण चौधरीलाई ३ हजार ७५ मतको फराकिलो अन्तरले पराजित गर्दै नगर प्रमुख पदमा जित हासिल गरिन् ।
गिताले ७ हजार २ सय ९२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रामनारायणले ४ हजार २ सय १७ मत मात्र प्राप्त गरे । उप प्रमुखमा काँग्रेसकै रुद्र बहादुर कार्की निर्वाचीत भएका छन् । कार्कीले ६ हजार २ सय ७५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीकी सुनिता मुखीयाले ३ हजार ९ सय ९८ मत मात्र प्राप्त गरेकी छिन् ।
यस अघि सप्तरीमा पंचायती व्यवस्थाको समाप्तीपछि कुनै पनि स्थानीय तहमा महिला नेतृत्व थिएन । २०३६ साल पंचायतकालमा तत्कालिन पकरी गाउँपंचायतमा दुर्गा देवी थापा निविरोध प्रधान पंचमा निर्वाचित भएकी थिइन । त्यस पछि हाल सम्म कुनै पनि पालिकामा महिलाले नेतृत्वको अवसर पाएको थिएन । ३४ वर्षिया गिता विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको बताउँछिन ।
प्रजातान्त्रिक मुल्य मान्यतालाई स्थापित, नगरको सर्वागिंण विकास तथा राजनीतीमा महिला सहभागिता बढाउन आफु जनतामा गएको र जनताबाट अपार सर्मथन पाएकोमा निकै खुशी लागेको उनी बताउँछिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ