News Category 2079/02/06
सप्तरीको खडकमा माओवादी केन्द्र, कञ्चनरुपमा कांग्रेस विजयी
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले पहिलो जित हासिल गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वतमान प्रमुख जसपाका उम्मेदवार हेमायु हकलाई पराजित गरेका हुन् । निवर्तमान नगरप्रमुख हकले पाँच हजार ६७ मत ल्याए ।
यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याए । पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् ।
यस्तै कञ्चनरुप नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ताले सात हजार ८८९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पर्टीका भोलाकुमार पासवानले पाँच हजार ७०४ मत ल्याए ।
यसैगरी उपप्रमुखमा निर्वाचित पोखरेलले सात हजार ७४ मत ल्याउँदै बिजयी भइन् । उनका निकटत्तम प्रतिद्वन्दी एमालेकी कल्पना चौधरीले पाँच हजार ५४७ मत प्राप्त गरिन् ।
सप्तरीको १८ वटा स्थानिय तह मध्ये १४ वटा पालिकामा घोषित मतपरिणाम अनुसार काँग्रेसले ५, जसपा, नेकपा एमाले र जनमतले २÷२, नेकपा एस, माओवादी केन्द्र र लोसपाले १÷१ प्रमुख÷अध्यक्ष पद जितेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ