News Category 2079/02/06
सप्तरीको खडकमा माओवादी केन्द्र, कञ्चनरुपमा कांग्रेस विजयी
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले पहिलो जित हासिल गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वतमान प्रमुख जसपाका उम्मेदवार हेमायु हकलाई पराजित गरेका हुन् । निवर्तमान नगरप्रमुख हकले पाँच हजार ६७ मत ल्याए ।
यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याए । पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् ।
यस्तै कञ्चनरुप नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ताले सात हजार ८८९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पर्टीका भोलाकुमार पासवानले पाँच हजार ७०४ मत ल्याए ।
यसैगरी उपप्रमुखमा निर्वाचित पोखरेलले सात हजार ७४ मत ल्याउँदै बिजयी भइन् । उनका निकटत्तम प्रतिद्वन्दी एमालेकी कल्पना चौधरीले पाँच हजार ५४७ मत प्राप्त गरिन् ।
सप्तरीको १८ वटा स्थानिय तह मध्ये १४ वटा पालिकामा घोषित मतपरिणाम अनुसार काँग्रेसले ५, जसपा, नेकपा एमाले र जनमतले २÷२, नेकपा एस, माओवादी केन्द्र र लोसपाले १÷१ प्रमुख÷अध्यक्ष पद जितेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ