News Category 2079/02/06
गत निर्वाचनमा १३ मतले पराजित भिमराज ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित

दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
गत स्थानिय तहको निर्वाचनमा १३ मतको झिनो अन्तरले पराजित भएका भिमराज यादव यस पटक चार हजार भन्दा बढी मतान्तरले निर्वाचित भएका छन् ।
सर्वाधिक चर्चामा रहेको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार बनेका भिमराज यादव यस पटक गत निर्वाचनमा पराजित भएका शम्भु प्रसादलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
शुक्रबार घोषित परिणाम अनुसार भिमराज ९ हजार ६ सय २४ मत प्राप्त गरि उनी बिजयी भए । निकटत्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत मात्र प्राप्त गरे । तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका इर्साद अन्सारीले ४ हजार ६ सय ९० मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानिय तह निर्वाचनमा भिमराज शम्भु यादवसँग १३ मतले पराजित भएका थिए । २०७४ को निर्वाचनमा तत्कालिन फोरमबाट भिमराज उम्मेदवार थिए भने शम्भु तत्कालिन राजपाबाट उम्मेदवार भई निर्वाचन जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरी लोसपा गठन भएपछि दुबै जनाले जसपा नै रोजेका थिए ।
जसपाले यस पटक भिमराजलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका शम्भु मनोननय दर्ता कै दिन जसपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै उक्त पार्टीको तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका थिए ।
यस्तै उपप्रमुखमा पनि जसपा कै इसरत प्रविणले जित हात पारेकी छिन् । उनले ७ हजार २ सय ६४ मत प्राप्त गर्दा निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसकी शुसिला यादवले ४ हजार ५ सय २७ मत प्राप्त गरेकी छिन् ।
१६ वडा रहेको राजविराज नगरपालिकाको ८ वडामा जसपा कै उम्मेदवारले वडा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले तीन, लोसपाले २ तथा नेकपा एमाले, राप्रपा र नेकपा एसले एक÷एक वडा जितेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ