News Category 2079/02/06
गत निर्वाचनमा १३ मतले पराजित भिमराज ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
गत स्थानिय तहको निर्वाचनमा १३ मतको झिनो अन्तरले पराजित भएका भिमराज यादव यस पटक चार हजार भन्दा बढी मतान्तरले निर्वाचित भएका छन् ।
सर्वाधिक चर्चामा रहेको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार बनेका भिमराज यादव यस पटक गत निर्वाचनमा पराजित भएका शम्भु प्रसादलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
शुक्रबार घोषित परिणाम अनुसार भिमराज ९ हजार ६ सय २४ मत प्राप्त गरि उनी बिजयी भए । निकटत्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत मात्र प्राप्त गरे । तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका इर्साद अन्सारीले ४ हजार ६ सय ९० मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानिय तह निर्वाचनमा भिमराज शम्भु यादवसँग १३ मतले पराजित भएका थिए । २०७४ को निर्वाचनमा तत्कालिन फोरमबाट भिमराज उम्मेदवार थिए भने शम्भु तत्कालिन राजपाबाट उम्मेदवार भई निर्वाचन जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरी लोसपा गठन भएपछि दुबै जनाले जसपा नै रोजेका थिए ।
जसपाले यस पटक भिमराजलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका शम्भु मनोननय दर्ता कै दिन जसपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै उक्त पार्टीको तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका थिए ।
यस्तै उपप्रमुखमा पनि जसपा कै इसरत प्रविणले जित हात पारेकी छिन् । उनले ७ हजार २ सय ६४ मत प्राप्त गर्दा निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसकी शुसिला यादवले ४ हजार ५ सय २७ मत प्राप्त गरेकी छिन् ।
१६ वडा रहेको राजविराज नगरपालिकाको ८ वडामा जसपा कै उम्मेदवारले वडा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले तीन, लोसपाले २ तथा नेकपा एमाले, राप्रपा र नेकपा एसले एक÷एक वडा जितेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ