News Category 2079/02/08
प्राध्याक विश्वकर्मा तथागत शिखर पुस्कारबाट सम्मानित

दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
त्रिभुवन विश्व विद्यालयको हिन्दी केन्द्रीय विभाग किर्तिपुरका प्राध्यापक विनोद कुमार विश्वकर्मा प्रथम अन्तर्राष्ट्रिय तथागत शिखर पुरस्कारबाट सम्मानित भएका छन् ।
विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो ।
भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।
भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुदायको पहिलो व्यक्ति रुपमा प्राध्यापक विश्वकर्मा सम्मानित भएका हुन् ।
नेपालमा हिन्दी भाषाका गोल्ड मेडलिष्ट समेत रहनुभएका प्राध्यापक विश्वकर्माले दुई दर्जन भन्दा बढी नेपाली तथा हिन्दी भाषाका पुस्तकहरुको सम्पादन गरिसकेका छन् । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल प्राध्याक विश्वकर्माको ‘विश्व हिन्दी यात्रा’ लगायतका पुस्तकसहित ‘नेपाली लघुकथा संग्रह’ प्रकाशन भईसकेको छ भने ‘नेपालको दलित समुदाय’ प्रकाशोन्मुख अवस्थामा छ ।
भाषा, कला साहित्यसँगै पत्रकारितामा समेत सक्रिय प्राध्यापक विश्वकर्माको नेपाली भाषाका ८० र हिन्दी भाषाका ६० भन्दा बढी लेख रचनाहरु प्रकाशन भईसकेको छ ।
लोकसमिक्षा साप्ताहिक पत्रिका, द सोसलिष्ट त्रैमासिक पत्रिकाका सम्पादक समेत रहनुभएका पिएचडी स्कलर विश्वकर्मा हाल सोसलिष्ट टिभी यूट्यूव च्यानलको कार्यक्रम प्रस्तोता समेत हन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ