News Category 2079/02/08
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीमा यस पटकको स्थानीय तहको निर्वाचनमा दोहो¥याएर उम्मेदवारी दिएका मध्येबाट प्रमुखमा आतेश कुमार सिंह र उपमेयरमा सरिता यादव मात्र निर्वाचित भएका छन् ।
जिल्लाको बोदेबरसाइन नगरपालिकामा जसपाबाट दोश्रो पटक प्रमुख पदमा उम्मेदवारी दिएका आतेश कुमार सिंह निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा उनी जिल्लाकै कान्छो प्रमुखको रुपमा निर्वाचित भएका थिए ।
त्यस्तै ४२ वर्षिया सरिता यादव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा दोश्रो पटक निर्वाचित भएकी छिन् । जसपाबाट उम्मेदवार रहेकी यादवले निकटतम प्रतिद्वन्दी जनमत पार्टीकी रेखा देवी मण्डललाई ६ सय १० मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । यादवले ६ हजार ५ सय ९२ मत ल्याउदा मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरीन ।
मेयरमा भने जनमत पार्टीका बिरेन्द्र माझी निर्वाचित भए । अघिल्लो निर्वाचनमा जितेर यस पल्टको निर्वाचनमा समेत विभिन्न सात पालिकामा निर्वतमान उपप्रमुख र उपाध्यक्षले उम्मेदवारी दोह¥याएका थिए ।
प्रमुख÷अध्यक्ष पदमा दोह¥याउनेहरुमा सप्तकोशी नपाबाट उत्तम गौतम, हनुमाननगर कंकालिनी नपाबाट शैलेश साह, तिरहुत गापाबाट हेमन्त बहरखेर, अग्निसाइर कृष्णासवरण गापाबाट पर्शुराम चौधरी, रुपनी गापाबाट हरेराम यादव, राजविराज नपाबाट शम्भु प्रसाद यादव, खडक नपाबाट हेमायु हक, बलान बिहुल गापाबाट दयानन्द गोइत, राजगढ गापाबाट प्रमानन्द यादव, छिन्नमस्ता गापाबाट सूर्यनारायण मण्डल, तिलाठी कोइलाडी गापाबाट सतिश सिंह, विष्णुपुर गापाबाट लिलाम्बर यादव यस पटक पराजित भए ।
त्यस्तै उपाध्यक्ष÷उपप्रमुखमा दोह¥याउनेहरुमा हनुमाननगर कंकालिनी नगरपालिमा जसपाबाट सरिता देवी सिपलिया यादव, राजविराज नगरपालिकामा लोसपाबाट साधना झा, खडक नगरपालिकामा काँग्रेसबाट यासमिन सुल्तान, रुपनी गाउँपालिकामा जसपाबाट बेचनी देवी सरदार, छिन्नमस्ता गाउँपालिकामा लोसपाबाट उषा मण्डल, शम्भुुनाथ नगरपालिकामा लोसपाबाट कविता सरदार तथा डाक्नेश्वरी नगरपालिकामा जसपाबाट इन्दु यादव छिन् ।
ती मध्येका विजयी हुने सरिता देवी सिपलीया यादव एक्ली उम्मेदवार हुन् । उनले आफ्नो पहिलो कार्याकालमा भएका विकास निर्माणका कार्याबाट प्रभावित भई नगरवासीले पुनः अवसर दिएको बताई । उनले आफनो काम र व्यवहारले जनताको मन र निर्वाचन दुबै जित्न सफल भएको प्रतिक्रिया दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ