News Category 2079/02/10
रुपनी र महादेवामा पदस्थापन
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सप्तरीको तीन पालिकामा जित हासिल गरेको छ । मंगलबार तीन मध्ये दुई पालिकामा लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।
जिल्लाको रुपनी तथा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीले सपथसँगैं पदभार ग्रहण गरे ।
पदभार ग्रहणसँगै गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न सक्रियताका साथ लाग्ने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लाको महादेवा गाउँपालिकामा सुनिल कुमार मण्डल र उपाध्यक्षमा अर्चना यादव निर्वाचित भएकी छिन् । त्यस्तै रुपनी गाउँपालिका अध्यक्षमा दिनेश यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगि निर्वाचित भएकी छिन् ।
यता लोसपाले जितेको अर्को छिन्नमस्ता गाउँपालिकामा भने शुक्रबार पदस्थापना कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ