News Category 2079/02/10
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ....
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
सप्तरीमा एकपछि अर्की महिला विभिन्न घरेलु हिंसाको शिकारमा पर्दै आएकी छिन् । दुई महिनाभित्र अदालतले दिएको संरक्षाणात्मक आदेशपछि पीडित तीन महिलालाई घर भित्राइएको थियो । तीनै महिलामाथी थप दाइजो ल्याउन दबाब दिँदै परिवारजनले विभिन्न शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।
पछिल्लो पटक परिवारजनले कुटपिट गरि घर निकाला गरिएकी एक महिलालाई अदालतको आदेशपछि मंगलबार घर भित्राइएको छ ।
राजविराज नगरपालिका १ बस्ने सुरेश कुमार दासकी २६ वर्षिया पत्नी सरस्वती कुमारीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानिय भरभलादमी समेतको उपस्थितिका बीच घर भित्राइएको हो ।
घर प्रवेशका लागि व्यवस्था मिलाउन प्रहरीसहितको टोली आउन लागेको थाहा पाएपछि सरस्वतीका ससुरा शुभनारायण, सासु राजोदेवी लगायत परिवारका अन्य सदस्यले घरको मूल गेटको भित्र र बाहिरपट्टीबाट समेत ताला लगाएका थिए ।
ताल्चा खोल्न आग्रह गर्दा पनि परिवारजनले नमानेपछि सरस्वती स्वयमले हतौडा र ढुङ्गाले ताल्चा फुटाएर घर प्रवेश गरेकी थिइन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम माइत रहेकी सरस्वतीको २०७२ साल जेठ २९ गते सुरेशसँग विवाह भएको थियो । केही दिनपछि दाइजोको विषयलाई लिएर परिवारका सदस्यसित परेको खटपटका कारण उनलाई डेढ वर्षअघि कुटपिट गर्दै घर निकाला गरिएपछि न्यायका लागि उनी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्न पुगेकी थिइन् ।
अधिवक्ता किरणकुमारी शाहले उनलाई निशुल्क कानुनी सहायता उपलब्ध गराएकी थिइन् । उक्त मुद्दा उपर सुनुवाई गर्दै अघिल्लो दिन सोमबार न्यायाधिश सूर्यनाथ प्रकाश अधिकारीको इजलाशले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षणात्मक आदेश जारि गरेपछि उनलाई घर प्रवेश गराइएको प्रहरीको भनाई छ ।
सरस्वतीले दाइजोका लागि पटक पटक पति सुरेशका साथै सासु, ससुराले मानसिक तथा शारिरीक यातना दिने गरेको सुनाइन् । पछिल्लो पटक त काँखे छोरासहित कुटपिट गर्दै घर निकाला नै गरिदिएपछि अन्तिम स्थितिमा अदालत पुगेको उनले बताइन् ।
अदालतको आदेशमा, “दुई नाबालक छोराहरुसहित सरस्वतीलाई निज बसि आएको घरमा बसोवास गर्न दिनु तथा कुटपिट र गाली बेइज्जत नगर्नु” उल्लेख छ ।
यसअघि परिवारजनबाट विभिन्न बहानामा कुटपिट गरि घर निकाला गरिएकी राजविराज नगरपालिका ५ की २० वर्षिय ब्युटी झा र रुपनी गाउँपालिका ७ की २५ वर्षिया लक्ष्मी भगतलाई पनि अदालतकै आदेशमा घर भित्राइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ