News Category 2079/02/18
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
प्रहरीले कुटपिट मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार रहेका एक प्रतिवादीलाई १७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षिय लाल देव यादव बुधवार पक्राउ गरेको हो ।
घरमै लुकि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दिपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो । तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि २०६४ साल असार ४ गते सुनवाई गर्दै उक्त फैसला सदर गरेको थियो ।
पक्राउ परेका यादवलाई बुधवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ