News Category 2079/02/18
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
प्रहरीले कुटपिट मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार रहेका एक प्रतिवादीलाई १७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षिय लाल देव यादव बुधवार पक्राउ गरेको हो ।
घरमै लुकि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दिपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो । तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि २०६४ साल असार ४ गते सुनवाई गर्दै उक्त फैसला सदर गरेको थियो ।
पक्राउ परेका यादवलाई बुधवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ