News Category 2079/02/18
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई चार किलो चाँदीको गरगहनासहित पक्राउ गरेको छ ।
प्रहरीले भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेवर्साइन नगरपालिका ९ इट्टाभटा क्षेत्रबाट बिहार राज्यको खुटौना ग्राम पंचायत ११ का २२ वर्षिय बशिस्ट चौधरीलाई पक्राउ गरेको हो ।
कम्मरमा बेरेर लुगाले छोपी भारतबाट गहना बोकेर पैदल आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल स्वर्णपट्टीको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनको साथबाट चाँदीको २८ जोर पाउजु (पायल) बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
चार लाख ३८ हजार ९ सय ५७ रुपैया मुल्यको ४ किलो चाँदीको गरगहना बरामद गरेको बताउँदै सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खडकाले नाका क्षेत्रमा निगरानी बढाउँदा यस्तो सफलता मिलेको बताए ।
मंगलवार राती पक्राउ परेका उनलाई बुधवार आवश्यक कार्यवाहीका लागी चाँदीको अबैध गरगहना सहित तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।
जिल्लाको विभिन्न नाका हुदै चाँदीका गरगहना तस्करी हुदै आएको छ । भारतमा तयार पारिएको चाँदीका रेडिमेड गरगहनाको माग बढी हुने गरेकाले केही तस्कर भन्सार छलेर ल्याउने र स्थानीय सुनचाँदीका पसलमा बेच्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ