News Category 2079/02/19
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
कोशी पीडित समाजले “प्रभावकारी रुपमा मनसुन पूर्व सूचना प्रवाहका लागि विगतको अनुभव र आगामी कार्य योजना” विषयमा जिल्लास्थित सूचना प्रदायकहरुबीचको समन्वय बैठक बिहीबार सम्पन्न गरेको छ ।
यस वर्ष विगतको तुलनामा भारि वर्षा हुने र यसले जनधनको बढी क्षति पु¥याउने अनुमान व्यक्त गरिरहेका बेला सो संस्थाले क्षति न्युनिकरणका लागि सचेतनाको प्रयास थालेका हो ।
कार्यक्रममा कोशी पीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले सप्तरीमा बाढीले वर्षेणी ठूलो क्षति हुने गरेको र बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुँपैया नदी नियन्त्रण र तटबन्ध निर्माणका नाममा खर्च गर्ने गर्दा पनि वर्षायाममा जिल्लाका अधिकांश भू–भाग डुवानमा पर्ने र जनधनको ठूलो क्षति हुने क्रममा नरोकिएको बताएका छन् ।
उनले यसको ठोस समाधान र क्षति न्युनिकरणका लागि विपद् आउनु पूर्व नै सम्बन्धीत सबै निकाय र सरोकारवालालाई “हाई अलर्ट” गराउन पनि कार्यक्रमको आयोजना गरेको बताए ।
बाढी आउनु पूर्व चरणबद्ध रुपमा के के गर्नु पर्ने हो ? यसका लागि के के पूर्व तयारी गरिएको छ ? भन्ने बारे रायसुझाव संकलन समेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाद्वारा संचालित सक्षम परियोजनाका कार्यक्रम संयोजक श्रवण चौधरीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी जानर्दन गौतमले वर्षेणी आउने बाढी समस्या समाधानका लागि स्थानिय प्रशासन गम्भिर रहेको बताए ।
उनले प्रशासनको एक्लैको प्रयासले बाढी नियन्त्रण र क्षति न्युनिकरण सम्भव नरहेकोले यसका लागि स्थानिय सरकार भनिएका स्थानिय तह, गैसस, रेडक्रस, पत्रकार लगायत सबै तह र सचेत नागरिकको सहयोग आवश्यक रहेको प्रस्ट पारे । नदीको बहाव रोक्न नमिल्ने तर्क प्रस्तुत गर्दै तटिय क्षेत्रमा जथाभावी बस्ने गरेका व्यक्तिलाई समयमै अर्को स्थानमा व्यवस्थापन गर्नु पर्ने र यस कार्यमा जनप्रतिनिधि समेतले सघाउनु पर्नेमा उनको जोड थियो ।
पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवले सर्वसाधारणलाई बाढीबाट जोगाउन र क्षति न्युनिकरण गर्न संचारकर्मीले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारीका लागि सम्बन्धीत निकायलाई घचघचाउनुका साथै विपद्मा परेकाको उद्धार र व्यवस्थापनका लागि संचारकर्मीले आफ्नो श्रोतसाधनले भ्याएसम्म काम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा रेडक्रस शाखा राजविराजका उपसभापति बैजनाथ झा, पत्रकार महासंघका उपाधयक्ष अम्बिका दाहाल, पत्रकार अवधेश झा, सुधा देव, विनय कर्ण, एमाले सप्तरीका सचिव देवनाथ यादव, काँग्रेसका शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झा लगायतले पनि बाढी, आगलागि, शितलहरी लगायतका विपद्को सामना गर्न अपनाउनु पर्ने बिधी र गर्नु पर्ने पूर्व तयारी बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ