News Category 2079/02/19
महिला वडा सदस्यद्वारा वडा अध्यक्षमाथी चप्पल प्रहार
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्षमाथी एक महिला वडा सदस्यले चप्पल प्रहार गर्नुका साथै गाली गलौज गरेकी छिन् ।
उक्त गाउँपालिकाको वडा नं. ४ का अध्यक्ष लक्ष्मी नारायण झा माथी वडा नं. २ की महिला सदस्य उर्मिला देवी साहले बिहीबार चप्पल प्रहार गर्नुका साथै गाली गलौज गरेकी हुन् ।
घटनापश्चात् महिला वडा सदस्य साहलाई इलाका प्रहरी कार्यालय कडोरबोनाले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले दुबै जनप्रतिनिधिबीच विवाद भई स्थिति तनावपूर्ण बन्दै गएपछि अनुसन्धानका लागि महिला वडा सदस्य साहलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ भइरहेको जानकारी दिएका छन् ।
यता महिला वडा सदस्य साहलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिन्देश्वर यादव र वडा नं. ६ का अध्यक्ष सूर्यकुमार दासको उक्साहटमा आफूले वडा नं. ४ का अध्यक्ष झामाथी चप्पल प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द यादवले राजविराज दैनिकलाई जानकारी दिएका छन् ।
सोही बयानका आधारमा वडा नं. ६ का अध्यक्ष दासलाई समेत प्रहरीले नियन्त्रणमा लिएको तथा वडा नं. ५ का अध्यक्ष यादव फरार रहेको गाउँपालिका अध्यक्ष खेमचन्दको भनाई छ ।
वडा अध्यक्ष झा काँग्रेसबाट निर्वाचित भएका हुन् भने चप्पल हिर्काउने भनिएकी महिला एमालेबाट वडा २ को सदस्य पदमा निर्वाचित भएकी हुन् । यस्तै वडा नं. ५ का अध्यक्ष यादव जसपा तथा वडा नं. ६ का अध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधी हुन् ।
स्थानिय बासिन्दाका अनुसार सो घटना गाउँपालिकाको सदस्य मनोनित गर्ने विषयमा भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ