News Category 2079/02/20
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
राजविराज नगरपालिकाको सदस्य पदका लागी अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिएका राजविराज ९ निवासी धिरेन्द्र बर्माले अल्पसंख्यक नरहेका व्यक्तीबाट समेत मनोनयन पत्र दर्ता गराईएको दाबीसहित अदालतमा निवेदन दर्ता गराएका छन् ।
उनले अन्तरिम आदेशसहित निषेधाज्ञा जारि गरि पाउँ भन्दै बिहीबार उच्च अदालत जनकपुर राजविराजमा रिट निवेदन दर्ता गराएका थिए । सो उपर शुक्रबार सुनुवाई गर्दै न्यायाधिश जगत बहादुर थापाको एकल इजलाशले १५ दिनभित्र विपक्षिलाई लिखित जवाफ पेश गर्न आदेश जारि गरेको हो ।
बर्माले मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज, मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, राजविराज नगरपालिका वडा नम्बर १ र ४ को कार्यालय, राजविराज १ वस्ने इलियास मियाँ र राजविराज ४ वस्ने मो.बसिर बिरुद्ध अदालतमा निषेधज्ञा परमादेश, उत्प्रेषण मुद्दा अन्र्तगत परमादेशको आदेश जारी गरी पाउँ भन्दै निवेदन दर्ता गराएका थिए ।
न्यायाधिश थापाको एकल इजलाशले जारि गरेको आदेशमा यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश कीन जारि नहुनु पर्ने हो ? यस विषयमा कारण र प्रमाण भए सो सहित म्याद सूचना पाएको मितिले १५ दिन भित्र विपक्षि मध्येका १ र २ को हकमा उच्च सरकारी वकिल कार्यालय तथा अन्य विपक्षिको हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश गरिएको छ ।
बर्माले विपक्षी बनाइएका इलियास मियाँ र मो.बसिर स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को अनुसुची ७२ बमोजिम अल्पसंख्यक समुदायमा नपर्ने देखिएकोले उनीहरुको मनोनयन दर्ता खारेज हुनु पर्ने निवेदन मार्फत माँग गरेका छन् ।
यसबारे तोकिएकै समय सिमा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको विरोधमा उजुरी दिदा पनि कुनै सुनुवाई नभएकोले न्यायका लागी अदालत पुगेको उनको भनाई छ ।
निर्वाचन अधिकृतको कार्यालयले ती दुबैको मनोनयन कायमै राखी यही जेठ २१ गते हुने निर्वाचनमा सहभागी समेत गराउन लागेको उनले अदालतमा बुझाएको रिट निवेदनमा उल्लेख गरेका छन् ।
निवेदकले दिएको निवेदनको प्रकृति र गम्भिरतालाई हेर्दा प्रस्तुत निवेदनमा अग्राधिकार दिई पेश गर्न समेत विपक्षिलाई आदेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ