News Category 2079/02/23
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादवले सरकारी अस्पतालको ड्युटी छोडेर सोही समयमा निजी अस्पतालमा जानेहरुमाथी सिसी क्यामेराका साथै अन्य श्रोत साधनबाट निगरानी गरिने बताएका छन् ।
सोमवार राजविराज नगरपालिकाद्वारा आफ्नै सभाकक्षमा आयोजित पत्रकारहरुसंगको परिचयात्मक तथा आगामी नीति योजना तथा बजेट निर्माणबारे सुझाव संकलन कार्यक्रममा बोल्दै उनले सो निगरानी गरिने बताएका हुन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा चिकित्सकहरुले उपचार सेवा दिनु भन्दा नीजि अस्पतालमा बढी समय दिने गरेको भन्दै उनले यसमा सुधार नगरे कडा कदम चाल्ने चेतावनी समेत दिए ।
उनले अस्पताल निरिक्षणको क्रममा विरामी र कूरुवा समेतले गुनासो आएपछि तत्कालै अस्पताल प्रशासनको वैठक बोलाई समस्या समाधानको प्रयास गरिएको उनको भनाई थियो ।
उनले अस्पताललाई चाहिने आवश्यक जनशक्ती तथा बन्द रहेको सिटीस्क्यान र एक्सरे सेवा तत्कालै संचालनका लागी लाग्ने खर्च पनि नगरपालिकाबाट अस्पताल प्रशासनलाई उपलब्ध गराइएको बताउँदै अब पनि सुधारको अवस्था नदेखिए कडा कदम उठाउन बाध्य हुने चेतावनी पनि दिए ।
यस्तै सोही कार्यक्रममा नवनिर्वाचित मेयर यादवले नगरवासीको सुविधाका लागी तीन महिना भित्र नगर क्षेत्रमा नगरवस संचालनमा ल्याउने प्रतिबद्धता दोह¥याए । यस्तै साविकको ६० विघा क्षेत्रफलमा रहेको राजविराजका वासिन्दाहरुको जग्गाको हाल सम्म लालपुर्जा नरहेका कारण बैंकमा धितो राखेर कारोबार गर्न समेत समस्या भईरहेको प्रति चिन्ता ब्यक्त गर्दै उनले यसबारे छिट्टै पहल थालेर उनीहरुलाई लाल पुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।
आगामी आर्थिक वर्षका लागी नगरपालिकाबाट बनार्ईने योजना उपर साकारात्मक सल्लाह सुझावका लागी उनले संचारकर्मी लगायत सरोकारवाला सबै संग आग्रह समेत गरेका छन् ।
कार्यक्रममा उपमेयर इशरत प्रविण तथा विभिन्न वडाका वडाअध्यक्ष समेतले नगरपालिकाको भावी नीति योजना तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुबारे आ–आफनो राय सुझाव दिन सभागीहरुसंग आग्रह गरेका थिए ।
कार्यक्रमका सहभागी संचारकर्मीहरुरुले राजविराज नगरपालिकाको विद्यमान समस्या, चुनौती र त्यसको समाधानबारे आ–आफनो सुझावसहित नवनिर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ