News Category 2079/02/26
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाषचन्द यादवको निजि मोटरसाइकल कार्यालय अगाडीबाटै चोरी भएको छ ।
बुधबार साँझ कार्यालय अगाडी राखिएको स.५प.४३५६ नम्बरको सिवी साईन मोटरसाइकल चोरी भएको हो ।
वडा अध्यक्ष यादवले कार्यालयको काम सकेर घर जान बाहिर निस्कदा पार्किङ गरि राखेको मोटरसाईकल नदेखेपछि छेउछाउमा खोज्दा पनि नभेटिएपछि मोटरसाइकल चोरी भएको बताए । उनले कार्यालय छेउछाउ तथा आसपासका क्षेत्रमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि सोही दिन जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल भएको भन्दै निवेदन दर्ता गराएको बताए ।
यस अघि सोही स्थानबाट शहरी स्वास्थ्य क्लिनिक राजविराजका इन्र्चाज संतोष दासको पनि मोटरसाईकल चोरी भएको थियो । जुन हाल सम्म पनि भेटिएको छैन । यस अघि नापी, मालपोत, राष्ट्रिय बाणिज्य बैक अदालत, बन लगायतका कार्यालय अगाडीबाट पनि विभिन्न सेवाग्राहीको मोटरसाईकल चोरी भएको एक दर्जन भन्दा बढी घटना भईसकेका छन् ।
राजविराज नगरक्षेत्रमा मोटरसाइकल चोरको विगविगी बढेको छ । दिनहुजसो मोटरसाईकल चोरीका घटना हुन थालेपछि काम विशेषले मोटरसाईकल चढी सदरमुकाम राजविराज आउने सेवाग्राहीदेखी सर्वसाधारण सम्म पीडित र हैरान हुन थालेका छन् ।
नगर क्षेत्रभित्र ठाउँ ठाउँमा सिसी क्यामरा जडान हुन नसक्दा पनि चोरको पहिचान गर्न कठिन हुने गरेको प्रहरी अधिकारी बताउँछन । बढी चहल पहल र भिडभाड हुने स्थानमा सिसी क्यामरा जडान गर्न सकिए यस्ता चोरीका घटना धेरै हद सम्म नियन्त्रण गर्न सकिने नगरवासीको सुझाव छ ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले नगरका प्रमुख स्थानहरुमा छिट्टै सिसी क्यामरा जडान हुने गरी काम अघि बढेको जानकारी दिए । यता मोटरसाईकल मात्र नभएर पार्किङ स्थलमा मोटरसाईकलसंगै राखिएको हेलमेट समेत चोरीको घटना बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ