News Category 2079/02/27
मिटरब्याजी साहमाथी अनुसन्धानका लागि अदालतले दियो पाँच दिनको म्याद

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
लाखौं ऋण दिएर करोडौं असुल गर्ने गरेको आरोपमा पक्राउ परेका मिटरब्याजी नन्दकिशोर साहलाई अदालतले अनुसन्धानका लागि शुक्रबार पाँच दिनको म्याद थप गरेको छ ।
बिहीबार पक्राउ परेका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका ४५ वर्षिय ब्यवसायी साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए ।
यता अर्का मिटर ब्याजी उनका बुबा रामदेव भने अझै फरार रहेको र खोजी कार्य भइरहेको उनले जानकारी दिए । बाबु छोराले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपतविपत परेका बेला ऋण दिएर दिएको रकम भन्दा दोब्बरको कागजात गराउने गरेको पीडितहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ