News Category 2079/02/29
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीद्घारा विपन्न परिवारका महिलालाई साडी वितरण गरेको छ ।
सहिद दशरथ ठाकुरको १५ औं स्मृति दिवसको अवसरमा आइतबार प्रतिष्ठानले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरेको हो ।
स्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष कबिता ठाकुरको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य सुर्यनाथ यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरिएको हो ।
राजविराज नगरपालिका वडा नं. ७ र ८ का भोलीदेवी मुखिा, शान्तिदेवी रजक, भुलरीदेवी मण्डल, सोनारवतीदेवी मण्डल, अमलादेवी मण्डल लगायत विपन्न तथा असहाय परिवारका २५ जना महिलाहरुलाई साडी वितरण गरिएको संस्थाकी अध्यक्ष ठाकुरले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी यादवले गणतन्त्र सहिदहरुको वलिदानको कारण मुलुकमा गणतन्त्र आएको बताउँदै शाहीसत्ता परिवर्तन गर्न हजारौ सहिदहरु मध्ये सप्तरीका सच्चा वीर सपुत दशरथ ठाकुर आफनो ज्यानको बाजीखेलेर गणतन्त्र ल्याएको जिकिर गरे ।
सो अवसरमा पुर्व सांसद लक्ष्मी चौधरी, मधेस प्रदेश सांसद प्रमिला यादव, माओवादी केन्द्रका मधेस प्रदेश सदस्यद्वय महेशप्रसाद यादव, छेदी रजक, सहिद परिवारका रिता चौधरी, राजविराज ८ का अध्यक्ष जयनारायण मण्डल, राजविराज नपाका उपप्रमुखका प्रत्याशी प्रमिला साह, भुवनेश्वर पासवान, राम कुमार राय, सिहेंश्वर साह, पत्रकारद्वय देवराम यादव, दिनानाथ यादव लगायतले सहिद ठाकुरले पु¥याएको योगदानको वारेमा चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ