News Category 2079/02/29
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
नेपाली काँग्रेसका स्थानीय पुराना नेता रामस्वरुप साहको तीर्थ यात्राका क्रममा रेल दुर्घटनामा परी निधन भएको छ ।
दुर्घटनास्थल भारतको नयाँ दिल्लीबाट बाकसमा राखी उनको शव आईतवार विहान घर ल्याईपु¥याए पछि आवश्यक विधी सकाएर अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपलिका ६ खुदीबखारी निवासी ५० वर्षिय साह ५ दिन अघि तीर्थ यात्राका लागी पत्नीसहित भारततर्फ प्रस्थान गरेका थिए ।
शुक्रवार विहान उनी चढेको रेल दिल्ली पुग्नै लाग्दा क्रसिंगका कारण एक छिन रोकिएको थियो । सोही क्रममा पानी लिन उत्रेका साह रेल खुले पछि दौडेर चढ्ने क्रममा चिप्लिएर रेलको चक्का मुनी पुगेका थिए ।
घटनास्थलमै मृत्यु भएको उनको मृत शरिर आवश्यक प्रक्रिया पु¥याई भारतीय प्रहरीले आफन्तलाई बुझाए पछि घर ल्याइ अन्त्येष्टी गरिएको छोरा शंकरले बताए ।
तत्कालिन वडा नम्बर ९ खुदीबखारीको नेपाली काँग्रेसको तर्फबाट २ पल्ट वडाअध्यक्ष समेत रहिसकेका साहको निधनले पार्टीलाई अपुर्णिय क्षति भएको केन्द्रीय सदस्य दिनेश यादवले बताए ।
काँग्रेसका स्थानीय नेता कुलानन्द यादव सहितका नेताले चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ