News Category 2079/02/31
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरी जिल्लामा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र भएको छ । विगत तीन महिनाको अवधीमा ५ महिलामाथी घरेलुहिंसा र घर निकालाका घट्ना भएका छन् ।
अन्यायमा परेका उनीहरुलाई अदालतको संरक्षानात्मक आदेश पश्चात् उनीहरुलाई घरमा प्रवेश गराइएको छ ।
पछिल्लो पटक सोमवार राजविराज नगरपालिका ३ कि २३ वर्षिया आरती दासलाई अदालतको आदेशबाट गृह प्रवेश गराइएको छ । उक्त वडाका नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनीधी, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितीबीच घर भित्र्याइएको हो ।
घर प्रवेशका लागी टोली आउन लागेको थाहा पाएपछि आरतीका पती, सासु, ससुरा, नन्द लगायतका परिवारका सदस्यहरुले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए ।
टोलीमा रहेका कानुन व्यवसायी, प्रहरी, जनप्रतिनीधी, अधिकारकर्मी, संचारकर्मी सहितले पटक पटक आग्रह गर्दा पनि ढोका नखोलेपछि बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराइएको थियो । त्यस पछि आरतीले ढोकाको ताल्चा फुटाएकी थिइन ।
धनुषाको जनकपुर उपमहानगरपालिका माईत रहेकी आरतीको डेढ वर्ष अघि नवीनसँग विवाह भएको थियो । केही दिन पछि दाईजोको विषयलाई लिएर परिवारका सदस्यसँग परेको खटपटका कारण आफुलाई घर निकाला गरिएको पीडित महिला आरतीको भनाइ छ ।
न्यायका लागी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्न पुगेकी दासलाई अधिवक्ता किरण कुमारी साहले निशुःल्क कानुनी सहायता उपलब्ध गराइएकी थिइन ।
उक्त मुद्दा उपर सुनवाई गर्दै सोमवार न्यायधिश ऋशिराम आर्चायको इजलाशले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षनात्मक आदेश जारी गरेपछि उनलाई घर प्रवेश गराइएको प्रहरीले जनाएको छ ।
अदालतको आदेशमा आरतीलाई निज बसि आएको घरमा वसोवास गर्न दिनु तथा कुटपिट र गाली बेईजत नगर्नू उल्लेख छ । आरतीले दाईजोका लागी पटक पटक पतीका साथै सासु राजकुमारी, ससुरा घनश्याम, नन्द शोभा, आशा र नीतुले मानसिक तथा शारिरीक यातना दिने गरेको सुनाईन ।
पछिल्लो पटक त गर्भवती रहेकै अवस्थामा कुटपिट गर्दै घर निकाला नै गरिदिए पछि अन्तिम स्थितीमा अदालतमा पुगेको उनको भनाई छ । उनले कुटपिट कै कारण आफ्नो ६ महिनाको गर्भ समेत तुहिएको बताएकि छिन ।
यता अदालतले दिएको संरक्षनात्मक आदेश पछि तीन महिना भित्र जिल्लामा ५ जना पीडित महिलालाई यसरी घर भित्र्याइएको अधिवक्ता किरण साहले बताईन ।
यस अघि परिवारजनबाट दाइजो लगायत विभिन्न वहानामा कुटपिट गरी घर निकाला गरिएकी राजविराज ५ कि २० वर्षिया ब्युटि झा, राजविराज नगरपालिका १ कि २१ वर्षिया सरस्वती दास, रुपनी गाउँपालिका ५ कि २४ वर्षिया लक्ष्मी भगत तथा अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ कि २५ वर्षिया सिमा कर्णलाई अदालत कै आदेशमा घर भित्र्याई सकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ