News Category 2079/02/31
निःशुल्क विरुवा बाँड्दै वन कार्यालय

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
डिभिजन वन कार्यालय सप्तरीले हरियाली बढाउनेसंगै वातावरण संरक्षण, वन प्रर्वद्धन र विकासका लागी वृक्षारोपण कार्यलाई उच्च प्राथमिक्तामा राखेको छ ।
यसैक्रममा सो कार्यालयले विभिन्न प्रजातिका २ लाख भन्दा बढी विरुवा निःशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ ।
जेठ १५ गते देखी सूरु गरेको २ वर्षे विरुवा वितरण कार्यक्रम अन्र्तगत मंगलवार सम्ममा वन प्रजातिका महगनी, अमला, तेजपात, गोल्डमोहरका २ लाख तथा आँप, लिची, कागती लगायतका फलफुलका १४ हजार विरुवा वितरण गरिसकिएको रेन्जर लक्ष्मण साफीले जानकारी दिएका छन् । उनले निःशुल्क विरुवा वितरण अभियान अझ केही दिन जारी रहने समेत बताए ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले विरुवा दिएर मात्र नभएर त्यसको महत्व, हुर्काउने र रेखदेख कसरी गर्ने भन्ने वारे सीप र ज्ञान पनि दिने गरेको बताए । उनले वन संरक्षणका लागी अल्पकालिन र दीर्घकालिन कार्यक्रम संचालन नगरे वन तथा वातावरणमा संकट निम्तने उल्लेख गरे ।
कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक आर्जनका लागी समेत विभिन्न गतिविधीमा जोड दिएको छ ।
यस्तै ग्रामिण भेगका वनमा विविध जातका विरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागी समेत विशेष कार्य योजना तयार पारेर अघि बढेको साहको भनाई छ ।
यसरी तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपन, जीविकोपार्जनका लागी वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिक्तामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सवै पक्षको सहयोगमा कार्यान्वयन गराउन सकृय भई लाग्दा सफलता मिल्दै गएको डिभिजन वन कार्यालयका प्रमुख साहको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ