News Category 2079/03/01
दिवा खाजा कार्यक्रममा अनियमितता भएको आरोप
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित जनचेतना रा.प्रा.वि. बल्थीमा दिवा खाजा कार्यक्रममा अनियमितता भएको विद्यालय व्यवस्थापन समिति तथा स्थानिय अभिभाबकहरुले आरोप लगाएका छन् ।
सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाए ।
व्यवस्थापन समितिका सदस्य अमलादेवी सदाले केही दिन अघि खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको जानकारी दिइन् ।
विद्यालयमा बाल विकासमा १० जना, कक्षा १ मा ३० जना, कक्षा २ मा २५ जना, कक्षा ३ मा २३ जना, कक्षा ४ मा २४ जना, कक्षा ५ मा १८ जना बिद्यार्थी अध्ययनरत छन ।
स्थानिय अभिभावक मो. दाउदका अनुसार विद्यालयको पाठ्यपुस्तक खरीदमा समेत अनियमितता तथा भ्रष्टाचार भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ