News Category 2079/03/01
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
दैनिक समाचारदाता
राजविराज, १ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना प्रकाशित गरि मिटरब्याजी रामदेव साह तेलीलगायत उनका परिवारजनले ऋण दिएर ऋणीहरुले रकम चुक्ता गरेपनि सम्पत्ति फिर्ता नपाएको प्रमाणसहित प्रहरीमा जानकारी दिन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक एवं सूचना अधिकारी भानु खडकाद्वारा जारि सूचनामा ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीहरुको बारेमा जानकारी दिन उल्लेख गरिएको छ ।
सप्तरीको खडक नगरपालिका वडा न. ७ कल्याणपुर स्थायी घर भएका रामदेव साह तेली, निजको श्रीमती शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरीहरु रेणु कुमारी साह र अनुराधा कुमारी साह समेतको नाम किटान गरि सूचना प्रकाशित गरिएको हो ।
जारि सूचनामा, “बिभिन्न मानिसहरुलाई मालपोत कार्यालयबाट धितो स्वरुप निजहरुको नाममा रहेको घर जग्गा तथा अन्य जाय जेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नगरी ठगी गर्ने गरेको भनी यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जाहेरी दरखास्त परी अनुसन्धान भईरहेको निज रामदेव साह तेली समेतले अन्य सर्वसाधारण मानिसहरुको घर जग्गा समेतका जाय जेथा धितो राखी चर्को ब्याजमा ऋण लिई लिएको रकम चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए आवश्यक प्रमाणसहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारी गराई दिन हुन बिनम्र अनुरोध छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ