News Category 2079/03/02
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक
दैनिक समाचारदाता
राजविराज, २ असार ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित जनचेतना रा.प्रा.वि. बल्थीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवलाई सोही विद्यालयका प्रधानाध्यापकले बन्धक बनाएका छन् ।
सो विद्यालयका प्रधानाध्यापक मो.गुलजारउदीनले समितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर आफ्नो कोठामा आधा घण्टा बन्धक बनाएको पीडित अध्यक्ष यादवले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष यादवलाई प्रअ मो.उदीनले पत्रकारलाई बोलाएर समाचार किन प्रकाशन गराएको भन्दै दुरव्यहार समेत गरेको जनाइएको छ ।
महादेवा १ का वडाध्यक्ष जयश्वर किशोर दासले आफुलाई यस विषयमा खबर पाए लगतै समितिका अध्यक्ष यादवलाई प्र.अ. कोठामा ताला लगाएर बन्धक बनाएको देखेर कोठाको ताला खोलेर बन्धक मुक्त गरेको बताए ।
त्यस्तै महादेवा १ स्थित रहेको पकरी प्रहरी चौकीका प्रहरी हवलदार रामबालक यादवका अनुसार आफु पुगेपछि प्र.अ.कोठामा भिडलाई पन्छाएको बताए ।
बिहीबार सो विद्यालयमा दिवा खाजा कार्यक्रममा अनियमितता भएको समाचार प्रकाशन भएको थियो । सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादवले प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाएका थिए ।
दिवा खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ