News Category 2079/03/05
चेतनाको अभावमा कुपोषण दर बढ्यो

दैनिक समाचारदाता
राजविराज, ५ असार ।
चेतनाको अभावमा कुपोषण दर बढेकोले जनचेतना फैलाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन ।
आईतवार राजबिराज वडा नं. ९ बिहारपुर बहुक्षेत्रिय पोषण योजना दोस्रो (एम.एस.एन.पी.) वडा स्तरिय पोषण तथा खाद सुरक्षा निर्देशक समितिको एक दिने अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राजबिराज ९ का वडा अध्यक्ष जवाहर यादबले चेतनाको अभावका कारण कुपोषणको दर बढेकोले जनचेतना फैलाउनु पर्नेमा जोड दिए । कुपोषण दर घटाउन जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडाको योजना बनाउदाँ पोषण सम्बन्ध बजेट छुट्याउने उनले बताए ।
नगरमा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन बैठकको आयोजना गरिएको नगर पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका सहजकर्ता यादबले बताईन ।
बैठकमा महिलाहरूलाई शिशु स्याहारसँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहेलो फलफुल, सागसब्जी र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्ने बताईन ।
सुनौलो हजार महिलाहरूलाई बानी समेत व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन अभिमुखिकरण बैठकले टेवा पुग्ने बताईएको छ ।
राजबिराज नगरपालिका वडा ९ का अध्यक्ष जवाहर यादबको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा राजबिराज नगरपालिका पशु सेवा बिकास अधिकृत परमेश्वर यादब, राजबिराज ९ का वडा सदस्य चनदर यादब, कार्यपालिका सदस्य रेखा देबी मण्डल, महिला वडा फिरोजा खातुन, जनता आधारभुत बिद्यालय गढिया मलेठका शिक्षिका गिता यादब, महिला स्वास्थ स्वयमसेविका पुष्पा चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ