News Category 2079/03/05
ग्रामिण बस्तीमा होम बायो ग्यास प्लान्ट बितरण

दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजबिराज नगरपालिका नगर प्रमुख भिमराज यादबले राजबिराज नगरपालिका वडा ९ स्थित बिहारपुरमा होम बायो ग्यास प्लान्ट बितरण गरेका छन् ।
आईतवार नगर प्रमुख यादबले वडा ९ को कार्यालयको परिसरमा वडाका १० जनालाई परिवारलाई बायो ग्यास प्रदान गरेका हुन् ।
राजबिराज नगरपालिकाको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ईजरायली प्रबिधिको होम ग्यास प्लान्ट हस्तान्तरण गरिएको वडा अध्यक्ष जवाहिर यादबले जानकारी दिए ।
बढ्दै गएको एलपी ग्यास र वायु वातावरणले हुने समस्याका कारण बैकल्पिक रूपमा यो प्लान्ट संचालनमा ल्याउन लागेको आबिस्कार ईनर्जी प्रा.लि का महाप्रबन्धक तिलक श्रेष्ठले बताए ।
ग्रामिण बस्तीका गाईबस्तु भएका परिवारलाई मध्यनजर गर्दै ल्याईएको बायो ग्यास प्लान्ट जडान गर्न सुरूमा २१ क्विन्टल गोबर समथर ठाउमा राखेर प्रबिधि अपनाएर ग्यास प्लान्ट जडान गर्न सकिने श्रेष्ठको भनाई छ ।
कुल ८० हजार पर्ने बायो ग्यास प्लान्ट सेटमा खाना पकाउने चुलहासहित गोबर राख्ने प्लाष्टिकको कीट लगायतका सामग्री रहेको छ । एक घरपरिवारले वायो ग्यास प्लान्ट संचालन गर्न कम्तिमा २० केजी गोबर र ४० केजी पानी लाग्ने बताईएको छ ।
बैकल्पिक ग्रामिण उर्जा नविकरण अन्तर्गत ईजरायली सरकारको सहयोगमा होम बायो ग्यास प्लान्ट १५ बर्ष सम्मका लागि ग्यारेन्टी रहेको आबिष्कार ईनर्जीका श्रेष्ठले बताए ।
उक्त अवसरमा राजबिराज नगरपालिका वडा अध्यक्ष जवाहिर यादब, कार्यपालिका सदस्य मनोज साह, वडा सदस्य चन्दर यादब, पत्रकार चन्दन यादब लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ