News Category 2079/03/05
ग्रामिण बस्तीमा होम बायो ग्यास प्लान्ट बितरण
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजबिराज नगरपालिका नगर प्रमुख भिमराज यादबले राजबिराज नगरपालिका वडा ९ स्थित बिहारपुरमा होम बायो ग्यास प्लान्ट बितरण गरेका छन् ।
आईतवार नगर प्रमुख यादबले वडा ९ को कार्यालयको परिसरमा वडाका १० जनालाई परिवारलाई बायो ग्यास प्रदान गरेका हुन् ।
राजबिराज नगरपालिकाको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ईजरायली प्रबिधिको होम ग्यास प्लान्ट हस्तान्तरण गरिएको वडा अध्यक्ष जवाहिर यादबले जानकारी दिए ।
बढ्दै गएको एलपी ग्यास र वायु वातावरणले हुने समस्याका कारण बैकल्पिक रूपमा यो प्लान्ट संचालनमा ल्याउन लागेको आबिस्कार ईनर्जी प्रा.लि का महाप्रबन्धक तिलक श्रेष्ठले बताए ।
ग्रामिण बस्तीका गाईबस्तु भएका परिवारलाई मध्यनजर गर्दै ल्याईएको बायो ग्यास प्लान्ट जडान गर्न सुरूमा २१ क्विन्टल गोबर समथर ठाउमा राखेर प्रबिधि अपनाएर ग्यास प्लान्ट जडान गर्न सकिने श्रेष्ठको भनाई छ ।
कुल ८० हजार पर्ने बायो ग्यास प्लान्ट सेटमा खाना पकाउने चुलहासहित गोबर राख्ने प्लाष्टिकको कीट लगायतका सामग्री रहेको छ । एक घरपरिवारले वायो ग्यास प्लान्ट संचालन गर्न कम्तिमा २० केजी गोबर र ४० केजी पानी लाग्ने बताईएको छ ।
बैकल्पिक ग्रामिण उर्जा नविकरण अन्तर्गत ईजरायली सरकारको सहयोगमा होम बायो ग्यास प्लान्ट १५ बर्ष सम्मका लागि ग्यारेन्टी रहेको आबिष्कार ईनर्जीका श्रेष्ठले बताए ।
उक्त अवसरमा राजबिराज नगरपालिका वडा अध्यक्ष जवाहिर यादब, कार्यपालिका सदस्य मनोज साह, वडा सदस्य चन्दर यादब, पत्रकार चन्दन यादब लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ