News Category 2079/03/05
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
मतदाता नामावलीमा महिला, दलितलगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि मतदाता संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा सरोकारवाला निकायले माग गरेका छन । आईतवार राजबिराजमा दलित सरोकार मंच कंचनरूप नगरपालिका ८ द्वारा आयोजित जिल्ला स्थित सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायहरूले सो माग गरेका हुन् ।
उक्त कार्यक्रममा संस्थाका दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
मतदाता नामावलीमा दलित, महिलाहरू छुटेकोले त्यस्ता मतदाताहरूलाई समाबेश गर्न निर्वाचन कार्यालय कार्यालयले वडास्तरमा टोली खटाएर टोकन प्रक्रिया अपनाई ब्यबस्थापन गरी मतदाता नामावली समाबेश गर्नुपर्ने उनले सुझाव दिए ।
सो अवसरमा राजबिराज नगरपालिका वडा १० का वडा अध्यक्ष गंगाराम खंगले दलित, महिला वर्गमा जनचेतनालाई सचेत गराएर छुटेका मतदाता नामवली संकलन गर्नुपर्ने सुझाव दिए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेश कुमार जोशीले जनशक्तीको अभावका कारण मतदाता नामावली संकलन गर्न कठिनाई हुने गरेको बताए । उनले मतदाता नामावली संकलन गर्न नियमित प्रक्रिया भएकोले मतदाता नामावलीमा नाम दर्ता गरी आप्mनो मतदाता नामावलीमा नाम सुरक्षित गर्न आग्रह गरे ।
कार्यक्रममा बिष्णुपुर गाउपालिका कार्यपालिका सदस्य अशोक राम, निर्वतमान जिसस सदस्य लक्ष्मी साफी, दलित अगुवा बौवा लाल शर्मा (खंग), महिला अगुवा मालती सदा लगायतले मतदाता नामावली संकलन कार्यलाई सहज बनाई मतदाता शिक्षा संचालन गर्न सुझाव दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका राजकुमार पासवानले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ