News Category 2079/03/06
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका उपसभापती समेत रहेका स्व. रामनारायण चौधरीप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले राजविराजस्थित आफ्नै सभाकक्षमा १५ औं दिनको पुण्य तिथीको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी सम्झनामा उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेको हो ।
गत जेठ २३ गते चौधरी सवार स्कुटरलाई ट्रकले ठक्कर दिदा उनको निधन भएको थियो । २०५७ सालमा रेडक्रसको सदस्य बनेका सुरुङ्गा नगरपालिका निवासी ५५ वर्षीय चौधरी आफनो कुशल ब्यवहारका कारण कोषाध्यक्ष हुदै उपसभापतीको जिम्मेवारीमा पुगेको रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए ।
तत्कालिन दौलतपुर गाविसको दुई पटक अध्यक्ष समेत रहीसकेका चौधरीको निधनले रेडक्रसलाई अपुर्र्णीय क्षती पुगेको उनको भनाई थियो ।
शाखाका अधिकृत ब्रहमदेव यादवद्वारा संचालित श्रद्धान्जली सभा कार्यक्रममा शाखाका उपमन्त्री नरेश यादव, कोषाध्यक्ष, चित्रनारायण यादव, राजविराज उपशाखाका सभापती बैद्यनाथ झा, जिल्ला सदस्य धर्म नारायण यादव, कजरा उपशाखाका अध्यक्ष देव नारायण गुप्ता, सुरुङ्गा उपशाखाका अध्यक्ष विन्देश्वर चौधरी, स्वयम सेवक अमिरकान्त चौधरी, समाजसेवी जगदिश अर्यालय लगायतले पनि रेडक्रसले निष्ठावान अभियन्ता गुमाएको भन्दै दुःख ब्यक्त गदै श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ