News Category 2079/03/06
समन्वय समितीको निर्वाचनका लागि दलहरुबीच छलफल जारि
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको राजगढ गाउँपालिकामा गाउँकार्यपालिका सदस्यको मनोनयनको विषयमा उत्पन्न विवाद समाधान भई निर्वाचन समेत सम्पन्न भएपछि जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको बाटो खुलेको छ ।
यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितीको निर्वाचनका लागी असार ७ देखी १२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।
असार ११ मा उम्मेदवारलाई चिन्ह प्रदान र १२ असारमा मतदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन ।
जिल्लामा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस रहेका छ । सो पार्टीका जिल्ला उपसभापति रामकुमार यादवले केन्द्रमा भएको गठबन्धनका आधारमा यहाँँ पनि गठबन्धनका अन्य दलसँग तालमेलको प्रयास भईरहेको जानकारी दिएका छन् । उनले अन्य दलसँग तालमेल गर्ने गरी अघि बढेपनि अहिले सम्म कुरा नमिलेको बताउँदै दोश्रो शक्तीको रुपमा देखापरेको जसपाले पनि सभापती पद नै खोज्दा कुरा नमिलेको तथा सहमतिको प्रयास भइररहेको जनाए ।
यता जसपाका जिल्ला अध्यक्ष केदार यादवले गठबन्धन दलबीच गहन छलफल भईरहेपनि अन्तिम निर्णयमा पुग्न नसकेको बताए । यस्तै लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले काँग्रेससंगै अन्य दलसँग पनि वार्ता भईरहेको तर कुनै निष्कर्षमा पुगी नसकेको जानकारी दिए ।
जिल्लामा १८ पालिका रहेकोमा कुनै पनि दललाई पुर्ण बहुमत छैन । नेपाली काँग्रेससँग सर्वाधिक १२ मत छ । यस्तै जसपासँग ८, लोसपा सँग ५, नेकपा एमाले सँग ४, जनमत पार्टी सँग ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सँग २÷२ मत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ