News Category 2079/03/06
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
दोश्रो विवाहको तयारीमा लागेका एक यूवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।
उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् ।
श्रीमानले घरमा बस्न नदिएको, खान लगाउन नदिएको, कुटपिट गर्ने गरेको तथा दोश्रो विहे गर्न लागेको भन्दै श्रीमती काजलले प्रहरीमा दिएको उजुरीको आधारमा पक्राउ गरेको डिएसपी काफ्लेले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी काजलको ६ वर्षअघि फुलकुमारसँग विवाह भएको थियो । उनीहरुको चार वर्षीया एक छोरी छिन् ।
फुलकुमार दोश्रो विवाहका लागि गाउँबाट जन्ती लिएर सीमावर्ती भारतको मधुवनी जिल्ला औरहा ग्रामपञ्चायत जाने तयारी गरिरहेकै बेला सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । छोरीका बाबु फुलकुमारले केटीपक्षतिर आफू अविवाहित भएको भनी मागि विवाह गर्न जन्ती लिएर जाने तयारीमा थिए ।
विहेको ६ वर्ष बितिसक्दा पनि फुलकुमारले काजलको विवाह दर्ता नगराइदिएको तथा नागरिकता समेत बनाइ दिन आलटाल गर्दै आएका थिए । काजलले पति फुलकुमार र सासु, सासुराले १० लाख नगद वा गाउँकै १० कठ जग्गा थप दाइजो रुवरुप आमाबुबासँग मागेर ल्याउन दबाब दिदै आएको बताइन् ।
यता घटनापछि फुलदेवलाई हिरासतमा राखएको र दुबै पक्षका अभिभावकलाई सँगै राखेर छलफल चलाइएको डिएसपी काफ्लेले जानकारी दिँदै दुबै पक्ष बीच कुरा नमिले कानुन अनुसार अघि बढ्ने समेत बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ