News Category 2079/03/07
मधेश प्रदेशको ८ वटौ जिल्लामा घुम्ती खोप सेवा शुरु

दैनिक समाचारदाता
जनकपुरधाम, ७ असार ।
मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरि घुम्ती कोभिड १९ खोप सेवाको शुभारम्भ गरेका छन् ।
मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
कोभिड १९को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै वच्चाहरुको लागी समेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।
घुम्ती सेवा बाट एक लाख व्यक्ती लाभान्वीत हुने लक्ष्य लिइएको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, महिला, वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहसहित समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ