News Category 2079/03/07
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
बहुविवाहका फरार आरोपी पाँच वर्षपछि कान्छी श्रीमतीसहित पक्राउ परेका छन् ।
दोश्रो विवाह गरेको आरोपमा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका सिरहा जिल्ला वस्तीपुर ९ घर भई हाल सप्तरीको सुरुङ्गा नगरपालिका ३ मा वसोवास गर्दै आएका जलेश्वर यादव र मन्जु देवी छन् । उनीहरुलाई ंमंगलवार दिउँसो प्रहरीले वसोवास स्थल नजिकैबाट पक्राउ गरेको हो ।
श्रीमानले दोश्रो विहे गरेको र आफुलाई सम्पुर्ण अधिकारबाट बञ्चित गरी विचल्ली बनाएको भन्दै पीडित जेठी श्रीमती आशिया देवी यादव न्यायका लागी प्रहरी हुदै अदालतसम्म पुगेकी थिइन ।
२०७३ जेठ २ गते उक्त बहुविवाह मुदा उपर सुनवाई गर्दै सप्तरी जिल्ला अदालतले जलेश्वर र मन्जुलाई जनही १ वर्ष कैद र ५ हजार जरिवानको फैसला गरेको थियो ।
त्यसपछि जलेश्वर कान्छि श्रीमतीसहित फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई मंगलवार नै अदालतमा उपस्थित गराउँदा आदेश अनुसार कैद सजाय भृुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ