News Category 2079/03/08
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको गाजासहित ट्रक नियन्त्रणमा

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सशस्त्र प्रहरीले सप्तरीमा ठूलो परिमाणको गाजासहित एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख. २९२५ नम्वरको मालवाहक ट्रकमा लोड रहेको १ सय ७५ किलो प्रतिबन्धित गाजा बरामद गरेको हो । उक्त ट्रकबाट भन्सार छलेर ल्याइएको ३ सय ५० किलो अदुवा समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी वल नेपाल सुरक्षा बेश क्याम्प भारदहका प्रहरी निरिक्षक किसन तामाङको टोलीले चेक जाँचको क्रममा गाजा फेला परेपछि ट्रक नियन्त्रणमा लिएका हुन ।
सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले ट्रक चालक फरार रहेको बताउँदै चालकको खोजतलास भइरहेको जानकारी दिए ।
११ वटा बोरामा प्याक गरी अन्य सरसमानले छोपिएको अबस्थामा बरामद गाजा बारे आबश्यक अनुसन्धान गर्न ट्रकसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक खडकाले बताए ।
गाजा लगायतका प्रतिबन्धित सरसमान ओसारपोसार गर्न मालवाहक ट्रकको प्रयोग हुन थालेपछि प्रहरीले त्यस्ता सवारी साधनको चेकजाँचमा कडाई गरेको सशस्त्र प्रहरी वल गण सप्तरी जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ