News Category 2079/03/08
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
राजविराजस्थित अधुरो रहेको कन्या छात्रावासलाई पूर्णता दिनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड यदिएका छन् ।
१८ वर्षअघि भारतीय राजदुतावासको सहयोगमा सुरू भई हालसम्म अधुरो रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड दिईएको हो ।
संबिधानसभाका सदस्य तथा नेबि संघका पूर्वअध्यक्ष रन्जित कर्णको पहलमा बुधवार राजविराजमा आयोजना गरिएको “सप्तरी जिल्लाको बिकास” बिषयक सुझाव संकलन कार्यक्रममा सहभागीहरूले यस्तो जोड दिएका हुन ।
सो समयमा भारतिय राजदुतावासको आर्थिक सहयोगमा तत्कालिन जिल्ला बिकास समितिमार्फत थालिएको कन्या छात्रावासको निर्माण कार्य बिचमै रोकिनाले अहिले प्रयोग बिहिन अबस्थामा छ । बिधुतिकरण, झ्याल ढोका, रंगरोगन लगायतका करिव २० प्रतिशत काम अझै बाकी रहेको अबस्था छ ।
निवर्तमान क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रले त्यसलाई पुर्णता दिएर संचालनमा ल्याउनुपर्ने माँग गरे । उनले सबै मिलेर ठेकेदार तथा भारतिय राजदुतावासमा आबश्यक पहल गर्नुपर्नेमा जोड पनि दिए ।
संविधानसभा सदस्य रंजु ठाकुरले ठेकेदार पक्षका प्रतिनिधिले निर्माणको क्रममा सामग्रीको मूल्य बढ्दै गएको कारण देखाउदै थप रकम माँग गर्दा नपाएकाले समयमै कन्या छात्रावासलाई पुर्णता दिन नसकिएको लाचारी ब्यक्त गरे बताए ।
उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरूण प्रधानले भारतिय दुतावासको समन्वय र सहयोगको साथै स्थानिय स्तरवाटै पनि सहयोग जुटाएर कन्या छात्रावासलाई अविलम्व पुर्णता दिनुपर्ने बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख राजिव कुमार मिश्र, नेपाली काँग्रेसका उपसभापति रामकुमार यादब, जसपाका जिल्ला अध्यक्ष केदार यादब, लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, जसपाका मधेश प्रदेश मुख्य सचिव दिनेश यादब, निर्माण ब्यवसायी संघका अध्यक्ष एनेश्वर दास, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतले पनि भारतीय लगानीमा संचालित आयोजनाहरूका साथै जिल्लाको समग्र बिकासका लागि महत्वपुर्ण मानिएका अन्य आयोजनाहरू सम्पन्न गराउन सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ