News Category 2079/03/09
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा विहीवार बिहान यात्रु बाहक बस दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ भने सो दुर्घटनामा ११ जना घाईते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भीर छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख. १८९८ नम्बरको यात्रुबाहक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएको महिला विराटनगरबाट कटारीतर्फ जाँदै गरेको उक्त बसमा कंचनपुर जाने भन्दै सुनसरीको भाण्टावारीमा चढेकी थिइन् । उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता गम्भीर घाईते हुनेहरुमा बसका सहचालक झापा मेचिनगरका ३८ वर्षिय पदम बहादुर राई, सप्तरीको कन्चनरुप नगरपालिकाका १८ वर्षिय आलोक सेख, उदयपुर कटारी नगरपालिका ३ का ७० वर्षिय मान बहादुर तामाङ, उनकी पत्नी ३८ वर्षिया बिष्णुमाया तामाङलाई थप उपचारका लागी विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाईते हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिकाका विजय साह, असमना खातुन, विवेक कुमार साह, सुनसरीका रविन्द्र खडका, रिन्कु यादव, निर्माला दाहाल, उदयपुरका सीताराम रसाईली, झापाका पदम बहादुर राई र मोरंगका प्रमिला राई छन् । ती सबैको भारदह अस्पतालमा उपचार भईरहेको छ । घटनापछि चालक भने फरार भएका छन् डिएसपी काफ्लेले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ