News Category 2079/03/09
जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
जिल्ला समन्वय समिति सप्तरीको असार १२ गते हुने पदाधिकारीको निर्वाचनमा नेपाली काँग्रेसबाट दुई जनाको प्रमुख पदमा मनोनयन दर्ता भएको छ भने जसपाबाट एक जनाको उम्मेदवारी परेको छ ।
केन्द्रीय सहमति र गठबन्धन विपरीतको तालमेल गरि बिहीबार विभिन्न दलले जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहित ९ पदका लागि हुने निर्वाचनमा १२ मत रहेको नेपाली काँग्रेसले ५ मत रहेको लोसपा, ३ मत रहेको जनमत तथा २÷२ मत रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी) सँग तालमेल गरि प्यानल बनाएर मनोनय पत्र दर्ता गराएका छन् ।
नेपाली काँग्रेसले प्रमुखसहित ३ पद लिएका छन् भने लोसपाले उपप्रमुखसहित २, जनमतले २ तथा नेकपा एस र माओवादी केन्द्रले एक÷एक सिट बाडेका छन् । यस प्यानलबाट नेपाली काँग्रेसका गुन्जेश्वर प्रसाद सन्त र शिवनारायण साह दुबैले प्रमुख पदमै उम्मेदवारी दिएका छन ।
यस्तै जसपा–नेकपा (एमाले) गठबन्धनबाट जसपाका छेदी अरगरिया यादवले प्रमुख पदमा मनोनयन पत्र दर्ता गराएका छन् । उक्त गठबन्धनबाट उपप्रमुख पदमा एमालेका देवकान्त चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् । जसपासँग ८ र नेकपा एमालेसँग ४ मत रहेको छ । १८ पालिका रहेको सप्तरीमा कुल ३६ मतदाता छन् ।
जता काँग्रेसबाट प्रमुख पदमा दुई जनाले उम्मेदवारी दिएपछि पार्टी भित्रै आन्तरिक बिवाद सुरू भएको छ । काँग्रेसका जिल्ला सभापति रामदेव साहले आधिकारीक उम्मेदवार शिव नारायण साह नै रहेकोले नाम सिफारिस गरी प्रमुख पदमा मनोनयन दर्ता गराएको बताएका छन् भने केन्द्रीय सदस्य दिनेश यादबले जिल्ला समितिको बहुमत सदस्य तथा नेपाली काँग्रेसको सिफारिसमा गुन्जेश्वर प्रसाद सन्तले प्रमुख पदमा मनोनयन पत्र दर्ता गराएको दाबी गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने तीन वटै प्रमुख पदका उम्मेदवारको मनोनयन पत्र दर्ता गरेको छ । यद्दपी निर्वाचन कार्यालयले जारी गरेको मनोनयन पत्र दर्ता नामावली सुचीमा काँग्रेसको तर्फवाट शिव नारायण साहको नाम राखिएको छ भने गुन्जेश्वर प्रसाद सन्तको नाम प्रबिष्ट हुन बाकीमा उल्लेख गरिएको छ ।
जसपाका जिल्ला अध्यक्ष केदार यादवले लोसपाले आफ्नो गठबन्धनमा सहभागि हुने लिखित सम्झौता गरे पनि अन्तिम क्षणमा आएर काँग्रससँग मिलि धोखा दिएको बताए । लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले त्यस्तो कुनै सम्झौता नगरेको दाबी गर्दै भने, जसले सम्मानजनक स्थान दियो उत्तै जाने निर्णय गरेका हौं ।
उम्मेदवारी दर्तासँगै एक दलले अर्को दलको मत आफ्नो पक्षमा तान्न कसरत सुरु गरेका छन् । जातिय नारादेखी अन्य सबै श्रोतसाधन र शक्तिको प्रयोग गरि मतदातालाई आफुतिर तान्न सबै दल र उम्मेदवार सक्रिय भएका छन् ।
जितका लागि कुल १९ मत चाहिएकोमा अन्तरघात नभए काँग्रेस, लोसपा, जनमत, नेकपा एस र माओवादी केन्द्र सम्मिलित गठबन्धनले सजिलै जित हात पार्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ