News Category 2079/03/12
जिसस सप्तरीमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धन विजय
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धनका उम्मेदवार शिवनारायण साह निर्वाचित भएका छन् ।
आईतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उक्त गठबन्धनबाट प्रमुख पदका साझा उम्मेदवार नेपाली काँग्रेसका शिव नारायण साह २३ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जसप–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले ११ मत प्राप्त गरे । उक्त पदमा २ मत बदर समेत भएको छ ।
यस्तै उपप्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समावादी) गठबन्धन कै साझा उम्मेदवार लोसपाका शम्भु कुमार यादव २० मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका देवकान्त चौधरीले १४ मत प्राप्त गरे ।
यसैगरि सदस्यहरुमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनका उम्मेदवारहरु जागेश्वर यादव (काँग्रेस) २३ मत, रंजिता कुमारी चौधरी (काँग्रेस) २२ मत, सत्य नारायण मण्डल (लोसपा) २० मत, सविता कुमारी साह (नेकपा एस) २३ मत, बहुरी भगत (नेकपा एस) २३ मत, प्राणवत्ती सरदार (जनमत) २३ मत र बृद्धिलाल यादव (जनमत) २४ मत ल्याई विजयी भएका छन् ।
सप्तरीको १८ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष गरि कुल ३६ मतदाता रहेका थिए । जसमा नेपाली काँग्रेसको १२ मत, जसपाको ८ मत, लोसपाको ५ मत, नेकपा एमालेको ४ मत, जनमत पार्टीको ३ मत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) को २÷२ मत रहेको थियो ।
अन्तिम क्षणमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनबाट अलगिएका नेकपा माओवादी केन्द्रले काँग्रेसले धोखा दिएको आरोप लगाएका छन् ।
यता संघिय सरकारका सत्ता साझेदार दलका नेताहरुले समय मै पहल नगर्दा जिल्लामा तालमेल भत्किएको र यसले आगामी प्रदेश र संघिय निर्वाचनमा समेत प्रतिकुल असर पार्ने अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेसका सचिव सनत मण्डलले सत्ता साझेदार दल भएपनि जसपाले त्यस्तो व्यवहार नदेखाएको र जिससको निर्वाचनमा हैसियत भन्दा बढी पद माग गर्दा गठबन्धन हुन नसकेको बताए ।
जसपाका अध्यक्ष केदार यादवले भने पद बाडँफाँडमा काँग्रेसले सम्मानजनक स्थान दिन नमानेपछि एमाले संग गठबन्धन गर्न बाध्य भएको जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ