News Category 2079/03/12
जिसस सप्तरीमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धन विजय

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धनका उम्मेदवार शिवनारायण साह निर्वाचित भएका छन् ।
आईतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उक्त गठबन्धनबाट प्रमुख पदका साझा उम्मेदवार नेपाली काँग्रेसका शिव नारायण साह २३ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जसप–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले ११ मत प्राप्त गरे । उक्त पदमा २ मत बदर समेत भएको छ ।
यस्तै उपप्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समावादी) गठबन्धन कै साझा उम्मेदवार लोसपाका शम्भु कुमार यादव २० मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका देवकान्त चौधरीले १४ मत प्राप्त गरे ।
यसैगरि सदस्यहरुमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनका उम्मेदवारहरु जागेश्वर यादव (काँग्रेस) २३ मत, रंजिता कुमारी चौधरी (काँग्रेस) २२ मत, सत्य नारायण मण्डल (लोसपा) २० मत, सविता कुमारी साह (नेकपा एस) २३ मत, बहुरी भगत (नेकपा एस) २३ मत, प्राणवत्ती सरदार (जनमत) २३ मत र बृद्धिलाल यादव (जनमत) २४ मत ल्याई विजयी भएका छन् ।
सप्तरीको १८ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष गरि कुल ३६ मतदाता रहेका थिए । जसमा नेपाली काँग्रेसको १२ मत, जसपाको ८ मत, लोसपाको ५ मत, नेकपा एमालेको ४ मत, जनमत पार्टीको ३ मत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) को २÷२ मत रहेको थियो ।
अन्तिम क्षणमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनबाट अलगिएका नेकपा माओवादी केन्द्रले काँग्रेसले धोखा दिएको आरोप लगाएका छन् ।
यता संघिय सरकारका सत्ता साझेदार दलका नेताहरुले समय मै पहल नगर्दा जिल्लामा तालमेल भत्किएको र यसले आगामी प्रदेश र संघिय निर्वाचनमा समेत प्रतिकुल असर पार्ने अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेसका सचिव सनत मण्डलले सत्ता साझेदार दल भएपनि जसपाले त्यस्तो व्यवहार नदेखाएको र जिससको निर्वाचनमा हैसियत भन्दा बढी पद माग गर्दा गठबन्धन हुन नसकेको बताए ।
जसपाका अध्यक्ष केदार यादवले भने पद बाडँफाँडमा काँग्रेसले सम्मानजनक स्थान दिन नमानेपछि एमाले संग गठबन्धन गर्न बाध्य भएको जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ