News Category 2079/03/15
१२ वर्षिया बालिकालाई करणी गरि फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
एक १२ वर्षिया बालिकामाथी जबरजस्तीकरणी गरेको मुद्दाका फरार अभियुक्त घट्नाको चार वर्ष पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ४ का ३० वर्षिय रमा भन्ने रामाकान्त चौधरी छन् । प्रहरीका अनुसार गाउँघर मै लुकि वसेको अवस्थामा उनलाई मंगलवार पक्राउ गरीएको हो ।
२०७४ साल साउन ७ गते दिउँसो ३ बजेतीर घर नजिकैको फुलवारीमा आपँ टिप्न गएकी सोही वडा निवासी एक १२ वर्षिया बालिकामाथी चौधरीले जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
उक्त मुद्दा उपर सुनवाई गर्दै २०७५ साल मंसिर २५ गते सप्तरी जिल्ला अदालतले चौधरीलाई ४ वर्ष कैद सजाय हुने पैmसला सुनाएको थियो । घट्नापछि चौधरी फरार भएका थिए ।
यता पक्राउ परेका चौधरीलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै लेनदेन बिगो मुद्दाका एक फरार प्रतिवादी पनि पक्राउ परेको डिएसपी काफ्लेले जानकारी दिएका छन । लेनदेन विगो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ३ महिना कैद सजाय ठहर भई फरार रहेका सप्तरीको रुपनी गाउँपालिका २ निवासी ५० वर्षिय चौठी खंग पक्राउ परेका हुन ।
उनलाई बुधवार अदालतको आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ