News Category 2079/03/16
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा स्थानीयतहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मदत पु¥याउने उद्देश्यले बिहीबारदेखी दुई दिवसीय प्रारम्भिक बालविकासको एकीकृत योजना निमार्ण कार्यशाला सुरु भएको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमामात्र सबल र दक्षजन शक्ति उत्पादन हुने बताए ।
स्थानीयतहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले जानकारी दिए ।
सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ