News Category 2079/03/19
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १९ असार ।
मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुद्वारा गठित संघर्ष समितिले आइतबार जिल्ला अदालत सप्तरी अगाडी प्रदर्शन गरेका छन् ।
साह परिवारबाट पीडितहरुले न्याय खोज्दै अदालत बाहिर प्रदर्शन गरेका हुन् ।
सप्तरीको खडक नगरपालिका ६ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारले सुन, चाँदीका गरगहाना र जग्गा बन्धकी राखेर चर्को मिटरब्याज असुली गरेको पीडितहरुको भनाई छ ।
मिटरब्याजी रामदेव साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक छेदी पासवानले रकम फिर्ता गर्दा पनि गरगहना र जग्गा फिर्ता नगरि आफूहरुको उठिवास गराएको भन्दै न्यायका लागि अदालत अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको बताए ।
पक्राउ पूर्जी समेत जारि भइसकेका रामदेव भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्न दबाब दिन पनि स्थानिय प्रशासन र अदालत अगाडी प्रदर्शन गर्नुपरेको अर्का पीडित तैयब अलिले बताए ।
प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई २२ दिन अघि पक्राउ गरि दुबैमाथी ठगि तथा विश्वासघात कसुर अन्तरगत अनुसन्धान गर्न अदालतबाट पटक पटक म्याद थप गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ