News Category 2079/03/19
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा कडाई र नियन्त्रण गर्न माग
दैनिक समाचारदाता
राजबिराज, १९ असार ।
विश्वहिन्दु परिषद सप्तरीले विभिन्न वहानामा नेपाल पसेको रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक नेपालको आन्तरिक सुरक्षाका निम्ती खतराको संकेत भएको भन्दै उनीहरुको प्रवेशमा कडाई र नियन्त्रण गर्न माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आइतबार एक ज्ञापन पत्र बुुझाउँदै परिषदले यस्तो माग गरेको हो ।
प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा देशको सास्कृतिक पहिचानलाई खलल पु¥याउने त्यस्तो व्यक्ति र समुहलाई गैर कानुनी रुपमा नेपाल प्रवेशमा सघाउने र संरक्षण दिनेमाथी समेत कडा निगरानी र कारवाही गर्न माग गरिएको छ ।
मानवताका लागी चुनौतीपुर्ण मानिएको यस प्रकृतिका समुह र संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य बाहिर आएको छ, ज्ञापन पत्रमा उल्लेख गर्दै भनिएको छ “यसलाई इस्लामिक समुह र संगठनकै प्रभाव र प्रयासमा नेपालमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाको उल्लेख्य प्रवेशले सुरक्षा चुनौती समेत बढेको देखिन्छ ।”
ज्ञापनपत्रमा मदरसा विधेयकलाई राष्ट्रघाती र मानवता विरोधीको संज्ञा दिदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ ।
परिषदका अध्यक्ष रामकिसुन साहका साथै लोकेन्द्र झा, कार्तिक चौधरी, दिलिप साह लगायत पदाधीकारी सम्मिलीत टोलीद्वारा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रालयलाई समेत बोर्धाथ दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ