News Category 2079/03/21
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुद्वारा मंगलबार दिनभर जिल्ला अदालत सप्तरीको मूल गेट अगाडी दिनभर धर्ना दिँदै प्रदर्शन गरेका छन् ।
मिटरब्याजको आरोपमा पक्राउ परेकाहरुको बयान लिने काम भइरहँदा सप्तरी जिल्ला अदालतको मूल गेटमा पीडितहरुले दिनभर धर्ना र प्रदर्शन गरेका हुन् ।
बिहान ११ बजेदेखी अदालत बन्द हुने समय ५ बजेसम्म लगातार धर्ना र नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरुलाई चर्को मिटर ब्याज लिएर घरबार बिहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।
मिटरब्याजी साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक तैयब अलीले हाल फरार रहेका रामदेवलाई अविलम्ब पक्राउ गर्न र पक्राउ परिसकेका रामदेवका छोरा नन्दकिशोर छोरी अनुराधामाथी कानुन बमोजिम कारवाही हुनुपर्ने माग गरेका छन् ।
पीडितहरुले साह परिवारसँग लिएको ऋण चर्को ब्याजसहित चुक्ता गरिसकेपनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको भन्दै दिनहुँ जसो सदरमुकाम राजविराजमा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुले अदालतबाट न्याय नपाए अब आफूहरुसँग मर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
पीडितहरुको उजुरीको आधारमा रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा दुई साताअघि नै पक्राउ परि ठगि तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
दुई पटक अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएका दुबै जनाको मंगलबार न्यायाधिश सूर्यप्रकाश अधिकारीको उपस्थितिमा बयान लिने काम सकिएको छ । बुधबार थुनछेक बहस हुने अदालत श्रोतले जनाएको छ । यता प्रहरीले रामदेवको व्यापक खोजतलास भइरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ