News Category 2079/03/27
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित लौनिया–तिलाठी खण्डको सडक निर्माणका लागि टेन्डर भइसकेको अवस्थामा मधेश प्रदेश सरकारको लगानीमा मर्मत कार्य सुरु भएको छ ।
यती मात्र नभएर सो सडकको मर्मत कार्यका लागि शनिबार असार २५ गते रातीदेखी काम सुरु भएको छ । उक्त कार्यप्रति स्थानियहरुले बिरोध जनाएपनि शनिबार राती कार्य बन्द गरेर आइतबार बिहानदेखी पुनः सो कार्य सुरु भएको छ ।
सोही सम्बन्धमा आइतबार नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानिय नेताहरुले पत्रकार सम्मेलन गरेर उक्त कार्यमा व्यापक आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका स्थानिय नेता सम्बोध झाले टेन्डर प्रक्रिया पुरा भई ठेकेदार कम्पनीले काम सुरु गर्ने तयारी गरिरहेकै बेला उक्त सडक खण्डमा ठेकेदार कम्पनीलाई समेत कुनै जानकारी नदिई स्थानिय केही व्यक्तिको संलग्नताको उपभोक्ता समिति मार्फत बजेट सिध्याउने खेल भइरहेको आरोप लगडाए ।
उनले उक्त सडक खण्डको २ किलोमिटर भागमा असार २५ गते रातीदेखी स्थानिय केही व्यक्तिले माटो ग्राभेलको काम सुरु गरेको जानकारी दिए । तर, सो उपभोक्ता समिति कहिले गठन भयो, कति लागत छ, कहिले सम्म काम गर्ने हो भन्ने कुरा सो वडाका वडा अध्यक्ष दिनेश्वर मिश्रलाई पनि थाहा नभएको बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थानिय नेता भोगानन्द मिश्रले वडा अध्यक्ष दिनेश्वर मिश्रलाई उद्धृत गर्दै भने, उक्त कार्यका लागि कति बजेट आयो, कुन उपभोक्ता समिति र कसको निर्देशनमा सो काम थालिएको भन्ने बारे कुनै जानकारी नरहेको बताए ।
नेकपा माओवादी केन्द्रका अर्का स्थानिय नेता मुकेश यादवले टेन्डर भइसकेको सडकमा प्रदेश सरकारबाट प्राप्त बजेट सिध्याउन स्थानिय केही व्यक्ति मिलेर माटोको ग्राभेल गर्ने काम थालिएकोले त्यसको अविलम्ब छानबिन गरि सत्यतथ्य पत्ता लागाउन माग समेत गरे ।
यता वडा अध्यक्ष मिश्रले वर्षाका कारण आवतजावतमा समस्या भएपछि प्रदेश सरकारको बजेटबाट तत्काल मर्मत सम्भार कार्यका लागि वडाबाट सिफारिस गरिएको बताउँदै उनले यस बाहेक आफूलाई कसरी कार्य भइरहेको तथा कति बजेट र कसले निर्माण गरिरहेको बारे कुनै जानकारी नरहेको स्पष्ट पारे ।
बिरौल–देउरीभरुवा र देउरीभरुवा–तिलाठी दुबै सडक खण्डको निर्माणका लागि २०७९ बैशाख महिनामै पूर्वाधार विकास कार्यालयले ५५÷५५ करोडमा आई चण्डि विल्डर्सलाई ठेक्का दिइसकेको छ । १६÷१६ किलोमिटर दुबै सडक निर्माण कार्यका लागि ८ दशमलव ५ मिटर चौडाई र ५ दशमलव ५ मिटर पिच गरिने सम्झौता पत्रमा उल्लेख रहेको सोही ठेकेदार कम्पनिका एक इन्जिनियरले जानकारी दिएका छन् ।
उनले उक्त सडक खण्डको निर्माण कार्य आगामी असोज महिनादेखी सुरु गरिने बताउँदै यसबारे सम्बन्धीत निकायमा समेतलाई जानकारी गराइसकेकाले हाल सो खण्डमा कसले, कसको आदेशमा काम सुरु गरेको हो भन्ने कुरा आफूहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ