News Category 2079/03/27
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले तुरुन्त मलखादको व्यवस्थासहित १४ बुँदे माग राख्दै सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो माँगसहितको ज्ञापन पत्र बुझाइएको हो ।
प्रमृुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा रोपाइको समय शूरु भइसक्दा पनि किसानले आवश्यक्ता अनुसारको मलखाद नपाउदा समस्यामा परेको भन्दै अविलम्ब यसको व्यवस्था मिलाउन माग गरिएको छ ।
सरकारको विकासीय बजेटको असार मसान्तको समयसीमा खारेज गरी चैत्र मसान्तलाई कायम गर्नु पर्ने, मधेशी, आदिवासी, जनजाती, थरुहट आन्दोलनको सम्बन्धमा गठित तत्कालीन न्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रवितवेदन सार्वजनिक गर्नु पर्ने, आन्दोलनका क्रममा झुठा मुदा लगाई थुनामा राखीएका साँसद रेशमलाल चौधरी सहित अन्य राजवन्दीहरुको मुद्दा खारेज गर्नू पर्ने माँग रहेको छ ।
त्यस्तै ज्ञापनपत्रमा गत जेठ २३ गते सरकारद्वारा जारी भएको भु–उपयोग नियमावली अत्यन्त अब्यवाहरिक र साना किसानको हित विपरित रहेको उल्लेख गर्दै अविलम्ब यसको खारेजीको माग गरीएको छ । यस्तै ज्ञापन पत्र मार्फत महगी कालोबाजारीको नियन्त्रण, कृषि कार्यमा प्रयोग हुने डिजल कृषकलाई सस्तो मुल्यमा उपलब्ध गराउन र २४ सै घण्टा विद्युत आपुर्तीको व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरि विभिन्न उत्पीडित समुदाय, मधेशी, थारु, आदीवासी, जनजाती, शिल्पी (दलित) महिला मुश्लिम लगायतको सम्मान, पहिचान र अधिकार सुनिश्तताका लागी संविधानमा संशोधन गर्नु पर्ने लगायतका माग पनि ज्ञापन पत्रमा समावेश गरिएको छ ।
राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समिती सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, पुर्व उपमेयर साधना झा, लोसपाका युवा नेता विनोद यादव, महिला नेतृ पुनम कुमारी यादव समेत सहभागी रहेको टोलीद्वारा दिइएको ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने आश्वासन दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ