News Category 2079/03/29
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीमा एकै गाउँका दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ मा मंगलबार पोखरीमा डुवेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कंचनरुप नगरपालिका वडा नं. ५ बस्ने सुकदेव सदाको १३ बर्षीया छोरी रजनी सदा र जीतन सदाकी १४ बर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रहरीका गर्मी छल्न सात÷आठ जनाको बालिकाहरुको समूह सोही ठाउँका दिपक चौधरीको पोखरीमा नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुवेको मृत्यु भएको स्थानियबासीले जनाएका छन् ।
सेन्द्रीको पोखरीमा डुवेकै अवस्थामा मृत्यु भएको तथा रजनीको कंचनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार दिउँसो जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ मुसहरी टोल बस्ने लुराई सदाको ३० वर्षिय छोरा रामउदगार सदाको डुबेर मृत्यु भएको छ ।
घरबाट तेल लिन भनि निस्केकोमा मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानिय माझी पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार डुबेको अवस्थामा स्थानियहरुले देखेपछि आफन्तलाई जानकारी गराउना साथ आफन्तहरुले पोखरीबाट मृत शरीर निकाली घरमा राखेको अवस्थामा प्रहरी टोली पुगि घटना सम्बन्धमा अनुसन्धान कार्य गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ