News Category 2079/03/29
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीमा एकै गाउँका दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ मा मंगलबार पोखरीमा डुवेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कंचनरुप नगरपालिका वडा नं. ५ बस्ने सुकदेव सदाको १३ बर्षीया छोरी रजनी सदा र जीतन सदाकी १४ बर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रहरीका गर्मी छल्न सात÷आठ जनाको बालिकाहरुको समूह सोही ठाउँका दिपक चौधरीको पोखरीमा नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुवेको मृत्यु भएको स्थानियबासीले जनाएका छन् ।
सेन्द्रीको पोखरीमा डुवेकै अवस्थामा मृत्यु भएको तथा रजनीको कंचनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार दिउँसो जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ मुसहरी टोल बस्ने लुराई सदाको ३० वर्षिय छोरा रामउदगार सदाको डुबेर मृत्यु भएको छ ।
घरबाट तेल लिन भनि निस्केकोमा मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानिय माझी पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार डुबेको अवस्थामा स्थानियहरुले देखेपछि आफन्तलाई जानकारी गराउना साथ आफन्तहरुले पोखरीबाट मृत शरीर निकाली घरमा राखेको अवस्थामा प्रहरी टोली पुगि घटना सम्बन्धमा अनुसन्धान कार्य गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ